रोमान्चक खेलमा ओमानद्वारा मुम्बई २ विकेटले पराजित

२०७८ भाद्र १७, बिहीबार २२:५१

रोमान्चक तेश्रो एकदिवसीयमा भ्रमण टोलि मुम्बईलाई २ विकेटले पराजित गर्दै ओमानले ४ खेलको सिरिज २-१ को स्थितिमा ल्याएको छ। ओमान क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा मुम्बईले दिएको २४० रनको लक्ष्य ओमानले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो।

खेलको अन्तिम ओभरमा जितको लागि ओमानलाई १३ रन आवस्यक थियो भने साथमा ४ विकेट बाँकी थियो। ओभरको पहिलो बलमा सन्दिप गोड दोश्रो रन लिने क्रममा रन आउट हुन पुगे। लगत्तै बलमा नयाँ ब्याट्सम्यान नेस्टर धाम्बाले चौका प्रहार गरे। अमन खानले तेश्रो बलमा रन दिएनन्। चौथो बलमा खानले धाम्बालाई बोल्ड गरे। जितको लागि २ बलमा अब ८ रन आवस्यक रह्यो। ओभरको पाँचौ बलमा बिलाल खानले चौका प्रहार गरे जसपछि अन्तिम बलमा जित्न ४ रन चाहियो। अन्तिम बलमा अमनले वाइड गरे जसमा दौडेर ब्याट्सम्यानले १ रन पनि लिए। जित्न अन्तिम बलमा २ रन आवस्यक हुँदा कलेमुल्लाहले बलरको माथि बाट छक्का हिर्काउदै ओमानलाई शानदार जित दिलाए।

ओमानको लागि आया खानले सर्वाधिक ९१ रन, मोहम्मद नदीमले ५५ रन तथा सुरज कुमारले २८ रन योगदान दिएका थिए। पहिलो ३ विकेट ३६ रनमा गुमाएपछि चौथो विकेटको लागि आयान र नदीमले ११५ रनको साझेदारी गरेका थिए। नदीमको विकेटपछि आयानले सुरज कुमारसंग ५७ रन जोडे। मुम्बई बलर मोहित अभस्तीले २ तथा आकाश पार्कर, अमन खान र शशांक अट्टारडेले समान १ विकेट लिए।

जित पछि ओमान क्रिकेट टिम

यस अघि टस जितेर ब्याटिंग रोजेको मुम्बईले ४८.२ ओभरमा २३९ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि ओपनर यशस्वी जैसवालले सर्वाधिक ९० रन तथा शाम्स मुलानीले ५५ रन योगदान दिए। पहिलो ३ विकेट २६ रनमा गुमेपछि जैसवाल र मुलानीले १११ रनक्क्को साझेदारी गरेका थिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल मुम्बईले ४ विकेट र २३१ रनले जितेको थियो। सिरिजको चौथों तथा अन्तिम खेल सेप्टेम्बर ३ तारिखमा खेलिनेछ।

दुई देश बीच यस अघि सम्पन्न तिन खेलको टि-२० सिरिज ओमनाले २-१ ले जितेको थियो। ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy