पहिलो इनिंग्समा भारतलाई १९१ रनमै सिमित पारेको इंग्ल्यान्डले पनि पहिलो इनिंग्समा खराब सुरुवात गरेको छ।
लन्डनको केनिंगटन ओभलमा सुरु भएको चौथो टेस्टमा टस हारेर ब्याटिंग गरेको भारतले ६१.३ ओभरमै सम्पूर्ण विकेट गुमाएर १९१ रन बनाएपछि ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले पहिलो दिनको समाप्तिमा १७ ओभरमा ३ विकेट गुमाएर ५३ रन बनाएको छ। दिनको समाप्तिमा मलान ४६ बलमा ४ चौका मद्दतले २६ रन तथा क्रेग ओभरटन ८ बलमा १ रन बनाएर अविजित छन्। पहिलो इनिंग्समा भारतको योगफल भन्दा इंग्ल्यान्ड १३८ रनले पछि रहेको छ।
खराब सुरुवात गरेको इंग्ल्यान्डका दुवै ओपनरलाई जस्प्रित बुम्राहले पेभेलियन फर्काए। ५ रन बनाएका रोरी बर्न्सलाई बोल्ड तथा खाता नखोल्दै हसिब अम्जदलाई विकेटकिपर रिशभ पन्तबाट उनले क्याच आउट गराए। तेश्रो विकेटको लागि डेबिड मलान र कप्तान जो रुट बीच ४६ रनको साझेदारी भयो। दिनको दोश्रो अन्तिम ओभरमा सिरिजको पहिलो टेस्ट खेलीरहेका पेसर उमेश यादवले उत्कृस्ट लयमा रहेका रुटलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाए। २५ बलमा रुटले ४ चौका मद्दतले २१ रन बनाए।
भारतको बलिंगमा जस्प्रित बुम्राहले २ ( ६-२-१५-२ ) तथा उमेश यादवले १ विकेट ( ६-१-१५-१ ) लिएका छन्।
We have lost both of our openers early.
Scorecard/Clips: https://t.co/Kh5KyTSOMS
🏴 #ENGvIND 🇮🇳 pic.twitter.com/iW4LdNKiuu
— England Cricket (@englandcricket) September 2, 2021
यस अघि टस हारेर ब्याटिंग गरेको भारत ६१.३ ओभरमा १९१ रनमै समेटिन पुगेको थियो। भारतको लागि शार्दुल ठाकुरले सर्वाधिक ५७ रन बनाए भने कप्तान बिराट कोहलीले ५० रन बनाए। केएल राहुल १७ रन, अजिंके रहाने १४ रन, रोहित शर्मा ११ रन , उमेश यादव र रभिन्द्र जडेजाले १० रन योगदान दिए।
भारतले सुरुवाती ३ विकेट ३९ रनमै गुमाउन पुग्यो। केएल राहुल १७ रन, रोहित शर्मा ११ रन तथा चेतेश्वर पुजारा ४ रन बनाएर आउट भए। चौथो विकेटको कप्तान बिराट कोहलीले रभिन्द्र जडेजासंग ३० रन जोडे। जडेजालाई क्रिस वोक्सले क्याच आउट गराए पछि कोहलीले अजिंके रहानेसंग ३६ रन जोडे। अर्धशतक पुरा गरे लगत्तै कोहलीलाई रोबिन्सनले विकेटकिपरबाट क्याच आउट गराए भने त्यसपछि रहानेलाई क्रेग ओभरटन तथा रिशभ पन्तलाई वोक्सले क्याच आउट गराए।
Massive wicket!! 🙌
Scorecard/Videos: https://t.co/Kh5KyTSOMS
🏴 #ENGvIND 🇮🇳 pic.twitter.com/dmxqvEARm8
— England Cricket (@englandcricket) September 2, 2021
सिरिजमा पहिलो पटक मौका पाएका शार्दुल ठाकुरले आठौँ विकेटको लागि उमेश यादवसंग ६३ रनको साझेदारी गरे। ३६ बलमा ७ चौका र ३ छक्का मद्दतले ५७ रन बनाएका ठाकुरलाई वोक्सले एलबिडब्लु आउट गरेपछि भारतको तल्लो क्रम धरासायी बन्यो। फलस्वरुप १९०/७ बाट थप १ रन जोड्दा भारत अलआउट भयो।
इंग्ल्यान्डको बलिंगमा क्रिस वोक्सले ४ विकेट ( १५-६-५५-४ ) तथा ओली रोबिन्सनले ३ विकेट ( १७.३-९-३८-३ ) लिए। जेम्स एण्डरसन र क्रेग ओभरटनले समान १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोश्रो खेलमा भारतले १५१ रनले जितेको थियो। तेश्रो खेल इंग्ल्यान्डले इनिंग्स र ७६ रनले जित्दै सिरिज बराबरी गरेको थियो।
