CPL : कटरेलले अन्तिम बलमा छक्का हिर्काउदा सेन्ट किट्सको लगातार पाँचौ जित

२०७८ भाद्र १८, शुक्रबार १०:३४

अन्तिम बलमा जितको लागि ४ रन आवस्यक हुँदा शेल्डन कटरेलले छक्का प्रहार गरेपछि बार्बेडोस रोयल्सलाई पराजित गर्दै सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सले करेबियन प्रिमियर लिगमा पाँचौ खेलसम्म विजयी यात्रा कायमै राखेको छ।

सेन्ट किट्स स्थित वार्नर पार्क मैदानमा बार्बेडोसले दिएको १६१ रनको लक्ष्य सेन्ट किट्सले २० ओभरमा ८ विकेट क्षेतीमा भेटायो। उसको लागि क्रिस गेलले सर्वाधिक ४२ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। डोमिनिक ड्रेक्सले २८, डेभोन थोमसले २६ तथा शेल्डन कटरेलले अविजित २० रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ८८ रनमा ६ विकेट गुमाएको अवस्थामा आठौँ नम्बरमा ब्याटिंग गरेका डोमिनिक ड्रेक्सले सातौँ विकेटको लागि कप्तान ड्वेन ब्राभोसंग २९ रनको तथा आठौं विकेटको लागि शेल्डन कटरेलसंग २९ रनको साझेदारी गरे। अन्तिम ओभरको चौथों बलमा ड्रेक्स एसले नर्शबाट आउट हुँदा जितको लागि २ बलमा ५ रन आवस्यक थियो। नसिम शाहले १ रन लिंदै कटरेललाई स्ट्राइक दिएपछि अन्तिम बलमा कटरेलले लंगअफमा छक्का प्रहार गर्दै रोमान्चक जित दिलाए। कटरेलले ७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै जितमा अहम योगदान दिए।

बार्बेडसको बलिंगमा नईम योंगले ३ तथा रेमन राइफर र जेक लिन्टोटले समान २ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको बार्बेडोसले २० ओभरमा ८ विकेट क्षेतीमा १६० रन बनाएको थियो। उसको लागि स्मित पटेलले सर्वाधिक ५४ , जोनाथन चार्ल्सले ३० तथा कप्तान जेसन होल्डरले १९ रन योगदान दिए। सेन्ट किट्सका कप्तान ड्वेन ब्राभोले ४ विकेट ( ४-०-२६-४ ) लिए भने पल भान मिकीरनले २ तथा शेल्डन कटरेलले १ विकेट लिए।

सेन्ट लुसियाको सहज जित 

गय राति सम्पन्न पहिलो खेअलमा सेन्ट लुसिया किंग्सले गायना अमेजन वारियर्सलाई ५१ रनले पराजित गर्यो। सेन्ट लुसियाले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा गायना ९८ रनमै सिमित हुन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा गायनाले १५ रन बनाउदा ४ विकेट गुमाएको थियो। त्यसपछि कप्तान निकोलस पुरनले २६ बलमा ५ छक्का र २ चौका मद्दतले ४१ तथा ओडेन स्मिथले १८ बलमा ४ छक्का र १ चौका मद्दतले अविजित ३१ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन। सेन्ट लुसियाका बलर जेभोर रोयलले सर्वाधिक ३ विकेट ( ३-०-१९-३ ) तथा ओबेद म्याकोय र केस्रिक विलियम्सले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग रोजेको सेन्ट लुसियाले रोस्टन चेजको ८५ रन मद्दतले २० ओभरमा ७ विकेट क्षेतीमा १४९ रन बनाएको थियो। चेजले ५० बलमा ६ चौका र ७ छक्का प्रहार गरे। मार्क डेयलले २० तथा टिम डेभिडले १५ रन बनाए। बार्बेडोसका बलर रोमारियो सेफर्ड र ओडेन स्मिथले समान ३ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy