ईपीएलको अस्ट्रेलियामा प्रत्यक्ष प्रशारण अधिकार फक्स स्पोर्ट्सलाई

२०७८ भाद्र १८, शुक्रबार ११:४१

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) को चौथो संस्करणको अस्ट्रेलियामा प्रत्यक्ष प्रशारणको अधिकार फक्स स्पोर्ट्स नेटवर्क्स अस्ट्रेलियाले पाएको छ।

ईपीएलले प्रतियोगिताको अन्तर्राष्ट्रिय बिक्रि अधिकार अस्ट्रेलियाको मारोन मिडियालाई बेचेको थियो। मारोन मिडियासंग प्रतियोगिताको विदेशी देशमा बिक्रि गर्ने अधिकार रहेको छ जसले अस्ट्रेलियाको प्रशारण अधिकार फक्स स्पोर्ट्सलाई बेचेको छ। नेटवर्कको फक्स क्रिकेट च्यानलले नेपाली लिगको प्रत्यक्ष प्रशारण गर्नेछ।

फक्स स्पोर्ट्स अस्ट्रेलियाका जेनरल म्यानेजर म्याट वेसिसले शुक्रबार बिहान ट्वीटरमार्फत फक्स स्पोर्ट्सले ईपीएलको प्रशारण गर्ने घोषणा गरेका छन्। “हाम्रो क्रिकेट फ्यानहरुको लागि खुसिको खबर, सेप्टेम्बर २५ देखी सुरु हुने नेपालको एभरेष्ट प्रिमियर लिग हामि देखाउनेछौँ।” साथै वेसिसले लिगमा पाकिस्तान स्टार शाहिद अफ्रिदी, न्युजिल्यान्डका मार्टिन गप्टिल र इंग्ल्यान्डका जेम्स भिन्सले ईपीएल खेल्ने बताएका छन्। अफ्रिदी काठमाडौँ किंग्स-११ बाट खेल्ने पक्का भैसकेको भएता पनि गप्टिल र भिन्स खेल्ने बारे भने अधिकारिक पुस्टि भएको छैन। न्युजिल्यान्डको टि-२० विश्वकप टिममा समाबेश भएको तथा न्युजिल्यान्डको अन्तर्राष्ट्रिय खेल तालिका व्यस्त रहेकोले गप्टिल खेल्ने सम्भावना भने देखिदैन।


ईपीएलको नेपालमा प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्नेछ भने अनलाईन प्रत्यक्ष प्रशारण अधिकार OSR SPORTS ले पाएको छ।

ईपीएलको प्रशारण उत्पादन भारतको लेक्स स्पोर्टेल प्राइभेट लिमिटेडले गर्नेछ। लेक्स स्पोर्टेलको स्वामित्वमा रहेको वानस्पोर्ट्सले दक्षिण एसियाली देशहरुमा ईपीएलक प्रत्यक्ष प्रशारण गर्ने सम्भावना रहेको छ जसको घोषणा भने भएको छैन। यो पटक लिगको प्रशारण अन्तर्राष्ट्रिय स्तरको हुने ईपीएलले दावी गर्दै आएको छ।

डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स सहित ईपीएलमा काठमाडौं किङ्स-११ , पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स गरि ६ टिम सहभागी रहेका छन्। लिगको विजेताले नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ५० लाख रुपैयाँ पाउनेछ।

लिगमा हालसम्म टेस्ट राष्ट्र खेलीसकेका ७ जना खेलाडीहरु बिभिन्न टिमहरुमा अनुबन्धित भैसकेका छन्। काठमाडौँ किंग्स एघारले पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदी, भैरहवा ग्ल्याडीएटर्सले उपुल थारांगा, चितवन टाइगर्सले अफगानीस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका डानिश अजिज र श्रीलंकाका सेक्कुगे प्रशन्नालाई तथा बिराटनगर वारियर्सले जिम्बाब्वेका सिकन्दर रजालाई अनुबन्ध गरिसकेको छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy