चौंथो टेस्टमा इंग्ल्यान्डलाई पराजित गर्दै भारतलाई २-१ को अग्रता

२०७८ भाद्र २१, सोमबार २१:३६

चौथो टेस्टमा घरेलु टोलि इंग्ल्यान्डलाई १५७ रनले पराजित गर्दै भारतले पाँच टेस्टको सिरीजमा एक खेल बाँकी रहंदा २-१ को अग्रता हाँसिल गरेको छ। इंग्ल्यान्ड भ्रमणमा भारतले एकै सिरिजमा दुई वटा टेस्ट जितेको यो मात्र दोश्रो पटक हो। यस अघि १९८६ मा पछिल्लो पटक भारतले दुई टेस्ट जितेको थियो।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाले प्रभावित हुँदा बराबरी भएको थियो भने दोश्रो टेस्ट भारतले १५१ रनले तथा तेश्रो टेस्ट इंग्ल्यान्डले इनिंग्स र ७६ रनले जितेको थियो। सिरिज को निर्णायक खेल सेप्टेम्बर १० तारिखबाट ओल्ड ट्रयाफोर्डमा खेलिनेछ।

केनिंगटन ओभल मैदान, लण्डनमा सम्पन्न खेलमा भारतले दिएको ३६८ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौ दिन इंग्ल्यान्डले ९२.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर  २१० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

७७/० को अवस्थाबाट पाँचौ दिनको सुरुवात गरेको इंग्ल्यान्डको पहिलो विकेट लिन भारतले पाँचौ दिन ९ ओभर प्रतीक्षा गर्नु पर्यो। अर्धशतक पुरा गरेपछि ५० रन बनएका रोरी बर्न्सलाई शार्दुल ठाकुरले विकेटकिपर रिशभ पन्तबाट क्याच थमाए। त्यसपछि दविड मलान ५ रन बनाएर रन आउट हुन पुगे। लन्च ब्रेकसम्म इंग्ल्यान्डले २ विकेट गुमाएको थियो।


दोश्रो सेसनको सुरुवातमा रभीन्द्र जडेजाले ६३ रन बनाएका ओपनर हसिब हमिदलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाए। त्यसपछि जस्प्रित बुम्राहले २ रन बनाएका बनाएका ओली पोप र खाता नखोल्दै जोनी बेयरस्टो दुवैलाई बोल्ड गरे। मोईन अलि पनि खाता नखोल्दै जडेजाबाट बोल्ड भए। एक किनार सम्हालेका कप्तान जो रुटले सातौँ विकेटको लागि क्रिस वोक्ससंग ३५ रनको साझेदारी गरे। दोश्रो सेसनको ठिक अघि शार्दुल ठाकुरले पुनः साझेदारी तोड्ने क्रममा ३६ रन बनाएका रुटलाई बोल्ड गरे। १८ रन बनएका क्रिस वोक्स पनि दोश्रो सेसनको ठिक अघि उमेश यादवबाट क्याच आउट भए। अन्तिम सेसनमा उमेश यादवले क्रेग ओबरटन र जेम्स एण्डरसनको विकेट लिंदै भारतलाई जित दिलाए।

भारतको बलिंगमा उमेश यादवले सर्वाधिक ३ विकेट ( १८.२-२-६०-३ ) लिए भने जस्प्रित बुम्राह ( २२-०-२७-२ ), रभीन्द्र जडेजा ( ३०-११-५०-२ ) र शार्दुल ठाकुरले ( ८-१-२२-२ ) समान २ विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा भारतले शार्दुल ठाकुरको ५७ र बिराट कोहलीको ५० रन मद्दतले १९१ रन बनाएको थियो। इंग्ल्यान्ड बलर क्रिस वोक्सले ४ तथा ओली रोबिन्सनले ३ विकेट लिएका थिए। इंग्ल्यान्डले पहिलो इनिंग्समा ओली पोपको ८१ तथा क्रिस वोक्सको ५० रन मद्दतले २९० रन बनाएको थियो। भारतीय बलर उमेश यादवले ३ तथा जस्प्रित बुम्राह र रभीन्द्र जडेजाले समान २ विकेट लिएका थिए। दोश्रो इनिंग्समा भारतले रोहित शर्माको १२७, चेतेश्वर पुजाराको ६१, शार्दुल ठाकुरको ६० र रिशभ पन्तको ५० रन मद्दतले ४६६ रन बनाएको थियो। इंग्ल्यान्ड बलर क्रिस वोक्सले ३ तथा ओली रोबिन्सन र मोईन अलिले समान २ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy