पीएनजीसंग नेपाललाई प्रयोगको अवसर

आयोजक ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नु अघि नेपालले पपुवा न्यु गिनीसंग अभ्यास स्वरूप दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ। सेप्टेम्बर ७ र १० तारिखमा दुई देश बीच पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा भेट हुँदैछ।

नेपालले १९ महिना अघि पछिल्लो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो। घरेलु मैदानमा ओमान र अमेरिकासंग नेपालले गत वर्ष फेब्रुअरीमा विश्वकप लिग-२ अन्तर्गत सिरिज खेलेको थियो। एकातर्फ लामो अन्तरालमा नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ भने अर्कोतर्फ प्रशिक्षक डेभ व्हाटमोरको कार्यकालमा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ।

पपुवा न्यु गिनीसंगको खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएता पनि नेपालको लागि दुई खेल ओमान-अमेरिकासंगको सिरिज अघि अभ्यास खेल बढी हो। नेपालमा वर्षा याम हुँदा राम्रो तयारी गर्न नपाएपछि नेपाली टिम केहि अगाडी आयोजना स्थल पुगेको हो। यो अवधिमा ओमानको मौसममा घुल्ने अवसर पायो भने आफ्नै टिम बीच केहि इन्ट्रा-स्क्वाड खेल खेल्दै एकदिवसीय फर्म्याटमा ढाल्ने कोशिस गर्यो।

ओमान भ्रमण नेपालको लागि विश्वकप लिग-२ अंकतालिकामा माथि चढ्ने अवसर हो। मात्र ४ खेल खेलेको नेपाल लिग-२ अंकतालिकामा छैठौं स्थानमा पपुवा न्यु गिनी भन्दा एक स्थान माथि रहेको छ। २०२३ विश्वकप छनोट प्रतियोगिताको यात्रा गर्न नेपाल अंकतालिकाको शिर्ष-३ स्थान भित्र पर्न आवस्यक छ। हाल अंकतालिकामा ओमान शिर्ष स्थानमा छ भने अमेरिका दोश्रो, स्कटल्याण्ड तेश्रो, नामिबिया चौथों र युएई पाँचौ स्थानमा रहेको छ। शिर्ष-३ भित्र पुग्नको लागि नेपालले ओमान भ्रमणमा ४ खेल मध्ये ३ खेलमा जित हाँसिल गर्नुपर्नेछ। नेपाली भूमिमा गत वर्ष नेपाललाई दुवै खेलमा पराजित गरेको ओमानलाई उसैको घरमा पराजित गर्नु नेपालको लागि पक्कै सहज हुने छैन।

Dav Whatmore
प्रशिक्षक डेभ व्हाटमोरको नेपालको लागि यो अन्तिम भ्रमण हुनेछ

त्रिकोणात्मक सिरिज अघि ओमानले भर्खरै मुम्बईको रन्जी टिमसंग तिन वटा टि-२० र चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। टि-ट्वान्टी सिरिज २-१ ले जितेको ओमानले एकदिवसीय सिरिजमा भने १-३ को हार बेहोर्यो। अर्कोतर्फ अमेरिका पनि ओमान पुगेर नेपाल जस्तै पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ जसमध्ये पहिलो खेलमा ७ विकेटको जित दर्ता गर्दै अमेरिकाले भ्रमणको दमदार सुरुवात गरेको छ। नेपालको लागि पनि पपुवा न्यु गिनीसंगको खेल अभ्यास तथा अन्तिम एघार चयन गर्नको लागि महत्वपूर्ण छ।

ओमान भ्रमणमा नेपालले कोभिड-१९ लाई मध्येनजर राख्दै १७ सदस्यीय टोलि लागेको छ। तर अभ्यासको क्रममा नेपालका प्रमुख खेलाडी उपकप्तान दिपेंदर सिंह ऐरी तथा उदयमान पेसर गुलसन झा घाइते हुँदा नेपालसंग अन्तिम-११ मा अब बिकल्प धेरै बाँकी रहेको छैन। दुवै खेलाडीले कति खेल गुमाउने या चोट को अवस्था क्यानले बाहिर बताएको छैन। दुवैको खुट्टामा चोट लागेको छ। दुवैले पपुवा न्यु गिनीसंग पहिलो खेल गुमाउने भने निश्चित रहेको छ।

पपुवा न्यु गिनीसंग दुई खेल नेपालले त्रिकोणात्मक सिरिजको लागि अन्तिम एघार चयन गर्न महत्वपूर्ण रहेको छ। टिममा हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु नगरेका आसिफ शेख, कुशल भुर्तेल, बिक्रम सोब, गुल्सन झा जस्ता खेलाडीहरु टिममा छन्। पारस खड्काको सन्यास पछि नेपालको मध्यक्रम कस्तो हुनेछ र नेपालको ओपनिंग जोडीमा कुशल र आसिफको जोडीले टि-२० फर्म्याटकै सफलतालाई निरन्तरता दिन सक्लान् भन्ने प्रश्न नेपाली समर्थकहरुमा छ। अर्कोतर्फ पहिलो पटक ५ जना तिब्र गति बलर लिएर ओमान पुगेको नेपाली टिमको बलिंग आक्रमण कस्तो हुनेछ पनि हेर्न लायक हुनेछ। ओमान क्रिकेट एकेडेमी मैदान तिब्र गति बलरहरुको लागि सहयोगी हुँदा नेपालले ४ जना तिब्र गति बलर लिएर खेल्ने सम्भावना प्रवल रहेको छ।

त्रिकोणात्मक सिरिज अघि पपुवा न्यु गिनीसंगको प्रदर्शनले नेपालको अन्तिम-एघार कस्तो हुने निर्धारण हुनेछ। लामो समय पछि टिममा स्थान बनाएका तिब्र गति बलर बिक्रम सोब, युवा ब्याट्सम्यान रोहित पौडेल, आरिफ शेख तथा पवन सर्राफको लागि अन्तिम एघारमा स्थान बनाउन दुई खेल निकै महत्वपूर्ण रहेको छ। यी खेलाडीहरुले राम्रो प्रदर्शन गरेको खण्डमा नेपाललाई अन्तिम-एघार चयन गर्न कठिन हुने निश्चित छ।

अर्कोतर्फ नेपालले व्हाटमोरको प्रशिक्षणमा नेदरल्याण्ड र मलेसियासंगको टि-२० अन्तर्राष्ट्रिय सिरिजमा अपनाएको सकारात्मक ब्याटिंग शैली एकदिवसीय फर्म्याटमा दोहोरिने छ या छैन पनि हेर्न लायक हुनेछ। उक्त सिरिजमा नेपालले सुरुवात देखि आक्रामक शैली अपनाउदै बिपक्षी टिममाथि दबाब सिर्जना गर्दै खेलमा हावी भएको थियो। सोहि शैलीको खेलको निरन्तरता नेपाली फ्यानहरु टिमबाट गरिरहेका छन् जसको प्रयोग पपुवा न्यु गिनीसंग होला या नहोला प्रतीक्षा गर्नुपर्नेछ।

ओमान-अमेरिकासंग टिम समीकरण तय गर्न पपुवा न्यु गिनीसंगको दुई खेल निकै महत्वपूर्ण छ

विश्वकप लिग-२ अन्तर्गत पपुवा न्यु गिनीले हालसम्म खेलेको ८ वटै खेलमा हार बेहोरेको छ। अमेरिका, ओमान, नामिबिया र स्कटल्याण्डसंग खेलेको दुई/दुई खेलहरुमा उसले हार बेहोरेको थियो। ओमान र युएईमा आयोजना हुने टि-२० विश्वकपमा पहिलो पटक छनोट भएको पपुवा न्यु गिनीको प्रदर्शन विश्वकप लिग-२ मा स्तरीय रहन सकेको छैन। त्यसैको फाइदा लिंदै नेपालले त्रिकोणात्मक सिरिज अघि राम्रो लय प्राप्त गर्ने अवसर रहेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा पपुवा न्यु गिनी नेपाल भन्दा ४ स्थान तल २० औं स्थानमा रहेको छ। दुई टिम बीच पछिल्लो पटक २०१८ को जिम्बाब्वेमा आयोजित विश्वकप छनोटमा भेट भएको थियो। उक्त खेलमा नेपाल ६ विकेटले सहजै विजयी भएको थियो। सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले समान ४ विकेट लिंदा पपुवा न्यु गिनी मात्र ११४ रनमै समेटिन पुगेको थियो। ऐरीले अर्धशतक बनाउदा नेपालले २३ ओभरमै लक्ष्य पुरा गरेको थियो। त्यस भन्दा अघि नेपालले २०१५ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा खेलेको दुवै खेलमा पपुवा न्यु गिनी विजयी भएको थियो। सन् २००५ मा पहिलो पटक दुई टिमले एक अर्का बिच एकदिवसीय खेलेका थिए जसमा नेपाल ७० रनले पराजित हुन पुगेको थियो। समग्रमा दुई टिम बीच इतिहासमा चार पटक भेटमा पछिल्लो भेट बाहेक नेपाल अन्य तिन खेलमा पराजित हुन पुगेको छ।

समग्रमा पपुवा न्यु गिनीसंगको दुई खेलले नेपालको टिम समीकरण र अन्तिम एघार चयन गर्न, खेल शैली प्रयोग गर्न तथा एकदिवसीय फर्म्याटमा ढल्न निकै महत्वपूर्ण रहेको छ। ब्याटिंग क्रममा पारस खड्काको अनुपस्थितिमा नेपाल जिम्मेवार ब्याट्सम्यान खोजिरहेको छ। प्रशिक्षक डेभ व्हाटमोरको पहिलो एकदिवसीय प्रतियोगिता तथा नेपालको लागि अन्तिम प्रतियोगिता उनि सम्झनलायक बनाउन चाहन्छन्। जाँदा जाँदै उनले नेपालको खेल शैली एकदिवसीयमा पनि परिवर्तन गर्न सक्षम होलान् या नहोलान् प्रतीक्षाको विषय छ। नेपालको युवा खेलाडीहरुको प्रदर्शन तथा रणनीति लगायत पक्षहरु हेर्न नेपाली समर्थकहरु आँतुर रहेका छन्।

पपुवा न्यु गिनीसंगको खेलको नेपाली समय बिहान ११:१५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण डीश होमको dishhome go यापबाट हुनेछ। यस्तै Willow TV तथा Fancode यापबाट समेत खेलको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]