सन्दिपको ४ विकेट तथा डेब्युमा बिक्रमले किर्तिमान बनाउदा पीएनजी १३४ रनमै सिमित

२०७८ भाद्र २२, मंगलवार १३:४२

नेपालको ओमान भ्रमण अन्तर्गत पहिलो खेलमा पपुवा न्यु गिनी बिरुद्ध नेपालले शानदार प्रदर्शन गरेको छ।

टस जितेर अल अमिरात मैदानमा ब्याटिंग रोजेको पपुवा न्यु गिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाउदै नेपाललाई १३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीको सुरुवात खराब रह्यो।  इनिंग्सको दोश्रो ओभरमा डेब्यु गरेका नेपाली पेसर बिक्रम सोबले पहिलो बलमै १ रन बनाएका टोनी उरालाई बोल्ड गरे। सोब डेब्यु खेलको पहिलो बलमै विकेट लिने नेपालको पहिलो खेलाडी बन्न पुगे। सोबले चौथो ओभरमा कप्तान असद भालाको महत्वपूर्ण विकेट लिए। हिजो अमेरिका बिरुद्ध अर्धशतक बनाएका भाला ४ रन बनाएर आरिफ शेखबाट क्याच आउट भए।

तेश्रो विकेटको लागि ओपनर लेग सीयाका र चार्ल्स अमिनीले ५७ रनको साझेदारी गरे। १२ औं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिप लामिछानेले २३ रन बनाएका अमिनीलाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराए। लगत्तै ओभरमा देब्रे हाते स्पिनर कुशल मल्लले ३० रनायेका सियाकालाई आफैद्वारा क्याच आउट गराए। पाँचौ विकेटको लागि सिसि बाउ र किप्लिन डोरीगाले २६ रनको साझेदारी गरे। पुनः साझेदारी तोड्ने क्रममा १४ रन बनाएका बाउलाई सन्दिपले क्याच आउट गराए। १५ रन बनाएका डोरिगालाई कुशलले क्याच आउट गराए भने सन्दिपले खाता नखोल्दै गौडी टोकालाई एलबिडब्लु गरे। त्यसपछि चाड सोपरले अविजित १७ रन बनाएता पनि विकेट जाने क्रम रोकिएन।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट ( १०-०-३५-४ ) लिए भने बिक्रम सोब ( ५-१-२०-२ ) र कुशल मल्ल ( ७-१-१९-२ ) ले समान २ विकेट र सोमपाल कामिले ( ७-०-३७-१ ) १ विकेट लिए।

खेलमा नेपालको लागि तिन जना खेलाडी कुशल भुर्तेल, आसिफ शेख र बिक्रम सोबले एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरिरहेका छन्। बिनोद भण्डारी, करन केसी, अविनाश बोहरा, दिपेन्द्र ऐरी, गुल्सन झा र सुशन भारिलाई बाहिर राखिएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy