CPL : खानको घातक बलिंग र पोलार्डको आक्रामक इनिंग्स, ट्रिनबागोको विजयी

२०७८ भाद्र २३, बुधबार ११:०६

अमेरिकी क्रिकेटर अलि खानले घातक बलिंग गर्दा जमैका तलावाजलाई ७५ रनको विशाल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्स करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ।

वार्नर पार्क मैदान सेन्ट किट्समा गय राति सम्पन्न खेलमा नाइट राइडर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको तलावाज १८.२ ओभरमा ९२ रनमै समेटिन पुग्यो। उसको लागि कप्तान रोभम्यान पावेलले २२ तथा कार्लोस ब्राथवेटले १४ रन बनाउन सके।

ट्रिनबागोका पेसर अलि खानले घातक बलिंग गर्दै ३ ओभरमा मात्र ६ रन खर्चेर ४ विकेट लिए। त्यस क्रममा खानले तलावजका दुई ओपनर केनार लुइस र हैदर अलि तथा शम्राह ब्रुक्सलाई पहिलो स्पेलमै पेभेलियन फर्काए। तिनै जना ब्याट्सम्यान विकेटकिपर टिम सेफर्टबाट समातिन पुगे। रभी रामपौल र सुनिल नारायणले पनि समान २ विकेट लिए। सुनलले ४ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए। अकेल होसेन र खरी पीएरेले समान १ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको ट्रिनबागो नाइट राइडर्सले २० ओभरमा ४ विकेट क्षेतीमा १६७ रन बनाएको थियो। ओपनर लेन्डल सिमोन्सले सर्वाधिक ४२ रन बनाए भने काईरन पोलार्ड र टिम सेफर्टले आक्रामक ब्याटिंग गर्दै क्रमशः ३९ रन २४ रन बनाए। पोलार्डले १८ बलमा ४ छक्का र १ चौका तथा सेफर्टले ८ बलमा २ चौका र २ छक्का प्रहार गरे। पाँचौ विकेटको लागि पोलार्ड र सेफर्ट बीच मात्र १६ बलमा ६२ रनको साझेदारी भएको थियो। अन्तिम ३ ओभरमा ट्रिनबागोले ६३ रन बनाएको थियो। पोलार्डले मिगल प्रिटोरियसले गरेको २० औं ओभरमा ३ छक्का र २ चौका प्रहार गरेका थिए।

बुधबार बिहान सम्पन्न लिगको २० औं खेलमा बार्बेडोस रोयल्सले गायना अमेजन वारियर्सलाई ४५ रनले सहजै पराजित गर्यो। बार्बेडोसले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा गायनाले १७.२ ओभरमा सबै विकेट गुमाउदा १४० रन मात्र बनाउन सक्यो। गायनाको लागि ओडीन स्मिथले सर्वाधिक ४३ तथा मोहम्मद हफिजले ३० रन बनए। बार्बेडोसका बलर नईम योंगले ३ तथा जेक लिनटोट र रेमन रेफरले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बार्बेडोसले २० ओभरमा ८ विकेट क्षेतीमा १८५ रन बनाएको थियो। उसको लागि ग्लेन फिलिप्सले सर्वाधिक ४४ रन , जोनाथन चार्ल्सले ४०, कायल मेयर्सले ३६ तथा कप्तान जेसन होल्डरले २२ रन योगदान दिए।गायना बलर रोमारियो सेफर्डले ३ तथा गुडकेश मोटिले २ विकेट लिए।

लिग अंकतालिका

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy