लामो अन्तरलमा जिम्बाब्वेको एकदिवसीय अन्तर्राष्ट्रिय जित

२०७८ भाद्र २४, बिहीबार ११:०५

घरेलु टोलि आयरल्याण्डलाई ३८ रनले पराजित गर्दै लामो अन्तरालमा जिम्बाब्वेले एकदिवसीय अन्तर्राष्ट्रिय जित दर्ता गरेको छ। जितसंगै तिन खेलको सिरिजमा जिम्बाब्वेले १-० को अग्रता पाएको छ।

पछिल्लो पटक २०१९ अप्रिलमा युएईलाई पराजित गरेपछि खेलिएको १५ औं एकदिवसीय अन्तर्राष्ट्रियमा जिम्बाब्वेले पहिलो जित दर्ता गर्न सफल भएको हो। यो अवधिमा जिम्बाब्बे बंगलादेश, पाकिस्तान, आयरल्याण्ड र नेदरल्याण्डसंग खेलिएको सिरिजमा पराजित भएको थियो।

आयरल्याण्डको बेल्फास्ट स्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा सम्पन्न खेलमा जिम्बाब्वेले दिएको २६७ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२८ रन मात्र बनाउन सक्यो। आयरल्याण्डको लागि ओपनर विलियम पोटरफिल्डले सर्वाधिक ७५ रन, ह्यारी टेक्टरले ५० तथा पल स्टरलिंगले ३२ रन योगदान दिए।

पोटरफिल्डले स्टरलिंगसंग ६४ रनको ओपनिंग तथा तथा टेक्टरसंग ७१ रनको तेश्रो विकेटको साझेदारी गरेका थिए। तर ३५ औं ओभरमा पोटरफिल्डलाई लुक जोंग्वेले क्याच आउट गराएपछि भने जिम्बाब्वे खेलमा हावी रह्यो। लगत्तै दायाँ हाते पेसर ब्लेसिंग मुजरबानीले जर्ज डकरेल र सिमि सिंहको विकेट विकेट लिएपछि आयरल्याण्ड खेलमा फर्कन सकेन। फलस्वरुप १९५/४ को अवस्थाबाट आयरल्याण्डले थप ३३ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

जिम्बाब्वेको बलिंगमा ब्लेसिंग मुजराबानिले सर्वाधिक ४ विकेट ( ९.४-२-२९-४ ) तथा वेलिंगटन मासाकाट्जा ( ९-०-४०-२ ) र सिङ विलियम्स ( ८-०-४२-२ ) ले समान २ विकेट तथा लुक जोंग्वे र वेसले मधिभिरेले समान १ विकेट लिए।

सिकन्दर राजाले अविजित अर्धशतक बनाए

यस अघि टस हारेर ब्याटिंग गरको जिम्बाब्वेले ५० ओभरमा ७ विकेट क्षेतीमा २६६ रन बनाएको थियो। उसको लागि कप्तान क्रेग इर्भिनले सर्वाधिक ६४ रन, सिकन्दर राजाले अविजित ५९ रन, ब्रेण्डन टेलरले ४९ रन, विन विलियम्सले ३३ , मधिभिरेले १९ तथा लुक जोंग्वेले १८ रन बनाए। टेलर र इर्भिनले दोश्रो विकेटको लागि ७१ रनको साझेदारी गरेका थिए। त्यसपछि राजाले मधिभिरेसंग ४४ रनको, तथा जोंग्वेसंग ४० रनको साझेदारी गरे।

आयरल्याण्डको बलिंगमा क्रेग योंग, मार्क अडेर, जोशुवा लिटल, सिमि सिंह, एन्डी बालबर्नी र जर्ज डकरेलले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो र तेश्रो खेल सेप्टेम्बर १० र १३ तारिखमा खेलिनेछ। यस अघि सम्पन्न ५ खेलमा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आयरल्याण्डले ३-२ ले जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy