२ अनक्याप्ड खेलाडी समाबेश गर्दै टि-२० विश्वकपको लागि ओमान टिमको घोषणा

२०७८ भाद्र २४, बिहीबार ११:४४

दुई अनक्याप्ड खेलाडी नेस्टर धाम्बा र आयान खानलाई टिममा समाबेश गर्दै आयोजाक ओमानले टि-ट्वान्टी विश्वकपको लागि टिमको घोषणा गरेको छ। भेट्रान अलराउण्डर जिशान मक्सुदले टिमको नेत्रित्व गर्नेछन्। ओमान र युएईमा संयुक्त रुपमा आयोजना हुने २०२१ टि-२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ तारिखसम्म खेलिनेछ।

ओमानले घरेलु मैदानमा विश्वकपको सुरुवाती चरणको खेल खेल्नेछ त्यसैले रिजर्भ खेलाडीहरु घोषणा गरेको छैन। टिममा अनुभवी खेलाडीहरु मोहम्मद नदीम, अकिब इल्यास, खवर अलि र जतिन्दर सिंह जस्ता अनुभवी खेलाडीहरु समाबेश छन्। नेपाली मूलका खेलाडी सुरज कुमार पनि टिममा समाबेश छन्।

विश्वकपमा ओमानले समुह चरणमा पपुवा न्यु गिनी, बंगलादेश र स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ जसमा उत्कृस्ट-२ हुन सके सुपर-१२ चरणमा छनोट हुनेछ। २०१९ विश्वकप छनोटमा छनोट हुने ओमान अन्तिम टिम रहेको थियो जसले क्वालीफायरमा हंगकंगलाई पराजित गर्दै अन्तिम स्थान सुरक्षित गरेको थियो।

ओमान भारतमा सम्पन्न २०१६ टि-ट्वान्टी विश्वकपमा सहभागी थियो जसले आयरल्याण्ड बिरुद्ध धर्मशालामा पहिलो जित दर्ता गरेको थियो।

टि-२० विश्वकपको लागि ओमान : जिशान मक्सुद ( कप्तान ) , अकिब इल्यास ( उपकप्तान ) , जतिन्दर सिंह, खवर अलि, मोहम्मद नदीम, आयान खान, सुरज कुमार, सन्दिप गौड, नेस्टोर धाम्बा, कलेमुल्लाह, बिलाल खान, नसिम खुसि, सुफ्यान मेहमुद, फयाज बट र खुर्रम खान

२०२१ टि-२० विश्वकपको लागि हालसम्म घोषित टिमहरु : 

भारत : बिराट कोहली ( कप्तान ) , रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशान ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, राहुल चाहर, रभीचन्द्रन आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामी

न्युजिल्यान्ड : केन विलियमसन ( कप्तान ) , टोड एसल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कनवे, लकी फर्गुसन, मार्टिन गप्टिल, कायल जेमीसन, ड्यारिल मिचेल, जिम्मी निशम, ग्लेन फिलिप्स, मिचेल स्यांटनर, टिम सेफर्ट ( विकेटकिपर ) , इश सोढ़ी र टिम साउदी

अस्ट्रलिया : आरोन फिन्च ( कप्तान ) , एस्टन एगर, प्याट कमिन्स ( उपकप्तान ), जोस हेजलवुड, जोश इंगलिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेपसन, म्याथु वेड, डेभिड वार्नर, एडम जाम्पा

पाकिस्तान : बाबर आजम ( कप्तान ), शदाब खान ( उपकप्तान ), असिफ अलि, आजम खान, हरिस रौफ, हसन अलि, इमाद वासिम, खुस्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहमम्द रिज्वाज, मोहम्मद वासिम जुनीयर, शाहिन अफ्रिदी, र शोयब मक्सुद

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy