रभी रामपौल वेस्टइन्डिजको टि-२० विश्वकप टिममा, सुनिल नारायण बाहिर

२०७८ भाद्र २४, बिहीबार २३:५१

अन्तिम पटक सन् २०१५ नोभेम्बरमा वेस्टइन्डिजको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका ३६ वर्षीय फास्ट बलर रभी रामपौललाई समाबेश गर्दै वेस्टइन्डिजले टि-२० विश्वकप २०२१ को लागि १५ सदस्यीय टोलिको घोषणा गरेको छ। जारि सिपिएलमा शानदार लयमा रहेका रामपौलले ८ खेलमा १७ विकेट लिईसकेका छन् जुन क्रममा १३ को औशत र ७.२० प्रतिओभर रन खर्चेका छन्।

काइरन पोलार्डले नेत्रित्व गर्ने टिमको उपकप्तान निकोलस पुरन रहेका छन्।  क्रिस गेल, ड्वेन ब्राभो, आन्द्रे रसेल जस्ता अनुभवी खेलाडीहरु टिममा रहेका छन्।

टिममा अनुभवी स्पिनर सुनिल नारायणले स्थान बनाउन सकेनन्। यस्तै शेल्डन कटरेल, जेसन होल्डरले स्थान बनाउन सकेनन् जो अकिल होसेन र डेरेन ब्राभोसंगै रिजर्भ खेलाडीको सूचीमा रहेका छन्।

करेबियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका अफस्पिन अलराउण्डर रोस्टन चेजलाई टिममा समाबेश गरिएको छ जसले टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छैनन्। अलराउण्डरले जारि लिगमा ७०.२५ को औशतले ७ खेलमा २८१ रन बनाएका छन् भने १५१.०७ को शानदार स्ट्राइक रेट रहेको छ।

डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिज विश्वकपको सुपर-१२ चरणमा समुह १ मा रहेको छ जुन समुहमा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका सहित पहिलो चरणबाट आउने दुई टोलि हुनेछन्। अक्टोबर २३ तारिखमा दुबईमा इंग्ल्यान्डसंग खेल्दै वेस्टइन्डिजले प्रतियोगिताको सुरुवात गर्नेछ।

वेस्टइन्डिज टिम : काइरन पोलार्ड, निकोलस पुरन, फाबीयन एलेन, ड्वेन ब्राभो, रोस्टन चेज, आन्द्रे फ्लेचर, क्रिस गेल, शिमरन हेटमायर, इभिन लुइस, ओबेड म्याकोय, रभी रामपाल, आन्द्रे रसेल, लेन्डल सिमोन्स, ओशेन थोमस, हेडन वाल्स जुनियर ( रिजर्भ खेलाडीहरु – डेरेन ब्राभो, शेल्डन कटरेल, जेसन होल्डर र अकेल होसेन )

विश्वकपको लागि घोषित अन्य टोलिहरु 

इंग्ल्यान्ड : ओएन मोर्गन ( कप्तान ) , मोईन अलि, जोनाथन बेयरस्टो, स्याम बिलिंग्स, जोस बटलर, स्याम करन, क्रिस जोर्डन, लियाम लिभिंगस्टोन, डेबिड मलान, टाईमल मिल्स, आदील रशिद, जेसन रोय, डेभिड विलि, क्रिस वोक्स र मार्क वुड ( रिजर्भ खेलाडी – टम करन, लियाम डसन र जेम्स भिन्स )

बंगलादेश : महमुदुल्लाह ( कप्तान ) , मोहम्मद नैम, सौम्य सरकार, लिटन दास ( विकेटकिपर ) , शाकिब अल हसन, मुश्फीकुर रहिम, अफिफ होसेन, नुरुल हसन, मेहदी हसन, नसुम एहमद, मुस्तफिजुर रहमान, शोरिफुल इश्लाम, तास्किन एहमद, मोहम्मद सैफुद्दीन र शमिम होसेन

न्युजिल्यान्ड : केन विलियमसन ( कप्तान ) , टोड एसल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कनवे, लकी फर्गुसन, मार्टिन गप्टिल, कायल जेमीसन, ड्यारिल मिचेल, जिम्मी निशम, ग्लेन फिलिप्स, मिचेल स्यांटनर, टिम सेफर्ट ( विकेटकिपर ) , इश सोढ़ी र टिम साउदी

दक्षिण अफ्रीका : तेम्बा बभुमा, क्विन्टन डीकक, बिजोर्न फर्चुन, रेजा हेन्ड्रिक्स, हेनरिच क्लासेन, केशव महाराज, एडेन मारक्रम, डेभिड मिलर, वियान मुल्डर, लुंगी एनगीडी, एनरिच नोर्किया, ड्वेन प्रिटोरियस, कागीसो रबाडा, तब्रेज शाम्सी, रसि भान डर डुसेन ( रिजर्भ – एन्डीले फेलुक्वायो र लिजाद विलियम्स )

ओमान : जिशान मक्सुद ( कप्तान ) , अकिब इल्यास ( उपकप्तान ) , जतिन्दर सिंह, खवर अलि, मोहम्मद नदीम, आयान खान, सुरज कुमार, सन्दिप गौड, नेस्टोर धाम्बा, कलेमुल्लाह, बिलाल खान, नसिम खुसि, सुफ्यान मेहमुद, फयाज बट र खुर्रम खान

भारत : बिराट कोहली ( कप्तान ) , रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशान ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, राहुल चाहर, रभीचन्द्रन आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामी

आयरल्याण्ड : एन्ड्रयु बालबर्नी ( कप्तान ) , मार्क अडायर, कर्टिस क्यामफर, गेरेथ डेलानी, जर्ज डकरेल, शेन गेटकेट, ग्राहम केनेडी, जोश लिटल, एन्ड्रयु म्याकब्रायन, बेरी म्याकार्थी, केभिन ओ ब्रायन, निल रक, सिमि सिंह, पल स्टरलिंग, ह्यारी टेक्टर, लोर्कन टकर, बेन व्हाइट र क्रेग योंग

अफगानिस्तान : राशिद खान ( कप्तान ) , रहमनुल्लाह गुर्बज ( विकेटकिपर ) , हज्रतुल्लाह जजाई, उस्मान घानी, अस्घर अफ्घान, मोहम्मद नाबी, नाजिबुल्लाह जद्रान, हस्मतुल्लाह शाहिदी, मोहम्मद शाहजाद, मुजिब उर् रहमान, करिम जनत, गुल्बदिन नैब, नभिन उल हक, हमिद हसन, शरफुद्दीन अश्रफ, दौलत जद्रान, शापुर जद्रान, कैस एहमद ( रिजर्भ – अफ्सर जजाई, फरिद एहमद मलिक )

अस्ट्रलिया : आरोन फिन्च ( कप्तान ) , एस्टन एगर, प्याट कमिन्स ( उपकप्तान ), जोस हेजलवुड, जोश इंगलिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेपसन, म्याथु वेड, डेभिड वार्नर, एडम जाम्पा

पाकिस्तान : बाबर आजम ( कप्तान ), शदाब खान ( उपकप्तान ), असिफ अलि, आजम खान, हरिस रौफ, हसन अलि, इमाद वासिम, खुस्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहमम्द रिज्वाज, मोहम्मद वासिम जुनीयर, शाहिन अफ्रिदी, र शोयब मक्सुद

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy