नामिबियाको टि-२० विश्वकप टिममा दक्षिण अफ्रिकी पूर्व क्रिकेटर

२०७८ भाद्र २५, शुक्रबार १४:४८

दक्षिण अफ्रिकी पूर्व क्रिकेटर डेभिड विसले नामिबियाको प्रतिनिधित्व गर्दै टि-२० विश्वकप २०२१ खेल्ने भएका छन्।  टि-२० विश्वकप अक्टोबर १७ तारिख देखि युएई र ओमानमा संयुक्तरुपमा आयोजना हुँदैछ जसको लागि नामिबियाले गेरहार्ड इरासमसको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ।

विजले अन्तिम पटक दक्षिण अफ्रीकाको लागि २०१६ मा खेलेका थिए। त्यसपछि टिमले वेवास्ता गर्दा उनि कोल्पाकको बाटो अपनाउदै इंग्ल्यान्डको घरेलु क्रिकेट खेल्न थालेका थिए। ३६ वर्षीय खेलाडीले दक्षिण अफ्रीकाको लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २० वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। जुन क्रममा उनले कुल १९४ रन बनाउनुको साथै ३३ अन्तर्राष्ट्रिय विकेट समेत लिएका थिए। २०१३ मा श्रीलंका बिरुद्ध दक्षिण अफ्रीकाको लागि डेब्यु गरेका ३६ वर्षीय विजले आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको प्रतिनिधित्व गरेका थिए। उनि इंग्ल्यान्डमा ससेक्स काउन्टी क्लबबाट खेलीरहेका छन्।

विसको पिताको जन्म नामिबियामा भएको हुनाले त्यसैको आधारमा उनले नामिबियाबाट खेल्न पाएका हुन्।

नामिबियाले २०१९ टि-ट्वान्टी विश्वकप छनोटमा पाँचौ स्थानमा रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको थियो। विश्वकपको पहिलो चरणमा नामिबिया समुह ‘ए’ मा श्रीलंका, आयरल्याण्ड र नेदरल्याण्डसंगै रहेको छ।

नामिबिया टिम : गेरहार्ड इरासमस ( कप्तान ) , स्टेफेन बार्ड, कार्ल बिरेकस्टक, मिकाउ डी प्रिज, जान फाईलिंक, जेन ग्रिन, निकोल लोफी, बर्नाड स्कल्ज, बेन सहीकोंगो, जेजे स्मिथ, रुबेन ट्रंपलमान, मिचेल भान लिंगेन, डेभिड विस, क्रेग विलियम्स, पिकी या फ्रान्स


विश्वकप २०२१ को लागि घोषित अन्य टोलिहरु : 

अफगानिस्तान : राशिद खान , रहमनुल्लाह गुर्बज ( विकेटकिपर ) , हज्रतुल्लाह जजाई, उस्मान घानी, अस्घर अफ्घान, मोहम्मद नाबी ( कप्तान ), नाजिबुल्लाह जद्रान, हस्मतुल्लाह शाहिदी, मोहम्मद शाहजाद, मुजिब उर् रहमान, करिम जनत, गुल्बदिन नैब, नभिन उल हक, हमिद हसन, शरफुद्दीन अश्रफ, दौलत जद्रान, शापुर जद्रान, कैस एहमद ( रिजर्भ – अफ्सर जजाई, फरिद एहमद मलिक )

इंग्ल्यान्ड : ओएन मोर्गन ( कप्तान ) , मोईन अलि, जोनाथन बेयरस्टो, स्याम बिलिंग्स, जोस बटलर, स्याम करन, क्रिस जोर्डन, लियाम लिभिंगस्टोन, डेबिड मलान, टाईमल मिल्स, आदील रशिद, जेसन रोय, डेभिड विलि, क्रिस वोक्स र मार्क वुड ( रिजर्भ खेलाडी – टम करन, लियाम डसन र जेम्स भिन्स )

बंगलादेश : महमुदुल्लाह ( कप्तान ) , मोहम्मद नैम, सौम्य सरकार, लिटन दास ( विकेटकिपर ) , शाकिब अल हसन, मुश्फीकुर रहिम, अफिफ होसेन, नुरुल हसन, मेहदी हसन, नसुम एहमद, मुस्तफिजुर रहमान, शोरिफुल इश्लाम, तास्किन एहमद, मोहम्मद सैफुद्दीन र शमिम होसेन

न्युजिल्यान्ड : केन विलियमसन ( कप्तान ) , टोड एसल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कनवे, लकी फर्गुसन, मार्टिन गप्टिल, कायल जेमीसन, ड्यारिल मिचेल, जिम्मी निशम, ग्लेन फिलिप्स, मिचेल स्यांटनर, टिम सेफर्ट ( विकेटकिपर ) , इश सोढ़ी र टिम साउदी

दक्षिण अफ्रीका : तेम्बा बभुमा, क्विन्टन डीकक, बिजोर्न फर्चुन, रेजा हेन्ड्रिक्स, हेनरिच क्लासेन, केशव महाराज, एडेन मारक्रम, डेभिड मिलर, वियान मुल्डर, लुंगी एनगीडी, एनरिच नोर्किया, ड्वेन प्रिटोरियस, कागीसो रबाडा, तब्रेज शाम्सी, रसि भान डर डुसेन ( रिजर्भ – एन्डीले फेलुक्वायो र लिजाद विलियम्स )

ओमान : जिशान मक्सुद ( कप्तान ) , अकिब इल्यास ( उपकप्तान ) , जतिन्दर सिंह, खवर अलि, मोहम्मद नदीम, आयान खान, सुरज कुमार, सन्दिप गौड, नेस्टोर धाम्बा, कलेमुल्लाह, बिलाल खान, नसिम खुसि, सुफ्यान मेहमुद, फयाज बट र खुर्रम खान

भारत : बिराट कोहली ( कप्तान ) , रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशान ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, राहुल चाहर, रभीचन्द्रन आश्विन, अक्षर पटेल, वरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामी

आयरल्याण्ड : एन्ड्रयु बालबर्नी ( कप्तान ) , मार्क अडायर, कर्टिस क्यामफर, गेरेथ डेलानी, जर्ज डकरेल, शेन गेटकेट, ग्राहम केनेडी, जोश लिटल, एन्ड्रयु म्याकब्रायन, बेरी म्याकार्थी, केभिन ओ ब्रायन, निल रक, सिमि सिंह, पल स्टरलिंग, ह्यारी टेक्टर, लोर्कन टकर, बेन व्हाइट र क्रेग योंग

अफगानिस्तान : राशिद खान, रहमनुल्लाह गुर्बज ( विकेटकिपर ) , हज्रतुल्लाह जजाई, उस्मान घानी, अस्घर अफ्घान, मोहम्मद नाबी ( कप्तान ), नाजिबुल्लाह जद्रान, हस्मतुल्लाह शाहिदी, मोहम्मद शाहजाद, मुजिब उर् रहमान, करिम जनत, गुल्बदिन नैब, नभिन उल हक, हमिद हसन, शरफुद्दीन अश्रफ, दौलत जद्रान, शापुर जद्रान, कैस एहमद ( रिजर्भ – अफ्सर जजाई, फरिद एहमद मलिक )

अस्ट्रलिया : आरोन फिन्च ( कप्तान ) , एस्टन एगर, प्याट कमिन्स ( उपकप्तान ), जोस हेजलवुड, जोश इंगलिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेपसन, म्याथु वेड, डेभिड वार्नर, एडम जाम्पा

पाकिस्तान : बाबर आजम ( कप्तान ), शदाब खान ( उपकप्तान ), असिफ अलि, आजम खान, हरिस रौफ, हसन अलि, इमाद वासिम, खुस्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहमम्द रिज्वाज, मोहम्मद वासिम जुनीयर, शाहिन अफ्रिदी, र शोयब मक्सुद

वेस्टइन्डिज : काइरन पोलार्ड, निकोलस पुरन, फाबीयन एलेन, ड्वेन ब्राभो, रोस्टन चेज, आन्द्रे फ्लेचर, क्रिस गेल, शिमरन हेटमायर, इभिन लुइस, ओबेड म्याकोय, रभी रामपाल, आन्द्रे रसेल, लेन्डल सिमोन्स, ओशेन थोमस, हेडन वाल्स जुनियर ( रिजर्भ खेलाडीहरु – डेरेन ब्राभो, शेल्डन कटरेल, जेसन होल्डर र अकेल होसेन )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy