नेपाल-अमेरिका हेड टु हेड, दुई देश बीच पछिल्लो ५ खेलमा के भएको थियो

२०७८ भाद्र २७, आईतवार २०:०१

आईसीसी विश्व कप लिग-२ अन्तर्गत आफ्नो दोश्रो त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेको नेपालले सेप्टेम्बर १३ तारिखमा ( सोमबार ) अमेरिकासंग खेल्दै सिरिजको सुरुवात गर्नेछ। ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने डे-नाइट खेल सोमबार बेलुका ४:१५ बजे सुरु हुनेछ। सिरिज अन्तर्गत नेपालले दोश्रो खेल ओमानसंग सेप्टेम्बर १४ तारिखमा , तेश्रो खेल सेप्टेम्बर १७ मा अमेरिकासंग तथा चौथों खेल सेप्टेम्बर १९ मा ओमानसंग खेल्ने तालिका रहेको छ।

विश्वकप लिग-२ मा अमेरिकासंग नेपालले यस अघि २ खेल खेलेको खेलीसकेको छ। गत वर्ष नेपालमै आयोजित विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा दुवै खेलमा नेपाल विजयी भएको थियो। बिगतमा दुई देश बीच धेरै भेट हुने गरेता पनि २०१४ पछि दुई देशको भेट पातलिएको थियो। २०१४ को मलेसियामा आयोजित डिभिजन-३ प्रतियोगिता पछि दुई देश बीच २०१७ मा एउटा मैत्रीपूर्ण खेलमा भेट भएको थियो। नेपाल र अमेरिका बीच पछिल्लो ५ भेटको चर्चा यो लेखमा गरेका छौँ –

२०१३ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ (बर्मुडा ) : खेलमा टस हारेर ब्याटिंग गरेको अमेरिकाले ओपनर स्टेभेन टेलरले विस्फोटक ब्याटिंग गर्दै १०२ बलमा १२ चौका र १६ छक्का मद्दतले १६२ रन बनाएपछि ३६६ रनको विशाल योगफल तयार गर्यो। लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २७२ रन बनाउन सक्यो। प्रतियोगिताको पहिलो खेलमै नेपाल ९४ रनले पराजित हुन पुग्यो। नेपालको ब्याटिंगमा पारस खड्काले सर्वाधिक ७३, शरद भेसावकरले ७२ तथा शक्ति गौचनले ३९ रन योगदान दिएता पनि जितको लागि पर्याप्त रहेन।

२०१४ आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ ( मलेसिया ) : अघिल्लो खेल वर्षाले प्रभावित हुँदा लगत्तै अर्को दिन पुनः खेलिएको खेलमा नेपाल १० रनले विजयी भयो। अमेरिकाले दिएको २२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २२ ओभरमा १ विकेट क्षेतीमा ७३ रन बनाउदा खेल रोकिएपछि डीएल मेथडको आधारमा नेपाल विजयी भएको थियो। ओपनर नरेश बुढायर खाता नखोली आउट भएपछि दोश्रो विकेटको लागि सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले ७२ रनको साझेदारी गरेका थिए जुन क्रममा। सुबासले अविजित ४९ रन तथा ज्ञानेन्द्रले अविजित २२ रन बनाएका थिए। नेपालको बलिंगमा शक्ति गौचनले ३ तथा बसन्त रेग्मी र सागर पुनले समान २ विकेट लिएका थिए।

Nepal vs USA

२०१७ , नेपालको युएई भ्रमण ( मैत्रीपूर्ण अभ्यास खेल ) : टस हारेर शेख जायद स्टेडियममा ब्याटिंग गरेको नेपालले ३६.१ ओभरमै सबै विकेट गुमाएर ८९ रन बनाउन सक्यो। नेपालको लागि बसन्त रेग्मीले सर्वाधिक २१ तथा दिलिप नाथले १६ रन योगदान दिए। ९० रनको लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट क्षेतीमा भेटायो। सोमपाल कामि र सागर पुनले समान २ विकेट लिए। उक्त खेलको स्कोरकार्ड 

२०२०, विश्वकप लिग-२, ओमान, अमेरिका, नेपाल त्रिकोणात्मक सिरिज ( नेपाल ) : घरेलु मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा १९० रन मात्र बनाउन सक्यो। ४९ रनमै पहिलो ५ विकेट गुमेपछि डेब्यु गरेका कुश मल्ल र बिनोद भण्डारीले अर्धशतक बनाउदै नेपाललाई उकासे। मल्लले ५० तथा भण्डारीले ५९ रन बनाए। अमेरिकाको बलिंगमा क्यामरन स्टेभेन्सनले ३ तथा रस्टि थेरन र सौरभ नेत्रभाल्करले २/२ विकेट लिएका थिए। लक्ष्य पछ्याउने क्रममा अमेरिकाले पहिलो ५ विकेट २७ रनमै गुमाउन पुग्यो। करन केसी र सन्दिप लामिछानेले अमेरिकी माथिल्लो क्रम ध्वस्त पारे। त्यसपछि इयान हल्याण्डले एक किनार सम्हाल्दै ७५ रन बनाएता पनि टिमलाई जित दिलाउन पर्याप्त रहेन। नेपालको बलिंगमा करन केसीले ४, सुशन भारिले ३, सन्दिप लामिछानेले २ तथा कुशल मल्लले १ विकेट लिए।

२०२०, दोश्रो खेल,विश्वकप लिग-२, ओमान, अमेरिका, नेपाल त्रिकोणात्मक सिरिज : खेलमा टस हारेर ब्याटिंग गरेको अमेरिका एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा कम योगफल ३५ रनमा समेटिन पुग्यो। सन्दिप लामिछानेले घातक बलिंग गर्दै अमेरिकाको माथिल्लो क्रमका ४ ब्याट्सम्यानको विकेट लिएपछि अमेरिका खेलमा फर्कन सकेन। सन्दिपले खेलमा ६ विकेट ( ६-१-१६-६ ) लिए भने देब्रे हाते स्पिनर सुशन भारिले ४ विकेट ( ३-१-५-४ ) लिए। ओपनर ज्ञानेन्द्र मल्ल १ तथा सुबाश खकुरेल खाता नखोली आउट भएपछि पारस खड्काले २० तथा दिपेन्द्र ऐरीले १५ रन बनाउदै नेपाललाई ८ विकेटको जित दिलाए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy