घरेलु टोलि श्रीलंकालाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै २-० ले जितेको छ।
श्रीलंकाले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १४.१ ओभरमा मात्र १ विकेट क्षेतीमा भेटायो। उसको लागि क्विन्टन डीककले अविजित ५८, एडेन मारक्रमले अविजित २१ तथा रेजा हेन्ड्रिक्सले १८ रन बनाए। डीककले हेन्ड्रिक्ससंग ६२ रनको ओपनिंग तथा एडेन मारक्रमसंग ४३ रनको साझेदारी गरे।
यस अघि टस जितेर ब्याटिंग गरेको श्रीलंकाले १८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०३ रन मात्र बनाएको थियो। श्रीलंकाको लागि ओपनर कुशल परेराले सर्वाधिक ३०, भानुका राजापक्षले २०, चरिथ असलंकाले १४ तथा कप्तान दासुन शनाकाले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बन्न सकेनन्।
दक्षिण अफ्रीकाको बालिनमा तब्रेज शाम्सी ( ४-०-२०-३ ) र एडेन मारक्रमले ( ४-१-२१-३ ) समान ३ विकेट तथा एनरिक् नोर्किया र केशब महाराजले समान १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेल दक्षिण अफ्रीकाले २८ रनले जितेको थियो। अन्तिम तथा तेश्रो खेल सेप्टेम्बर १४ तारिखमा हुनेछ।
