ICCWCL2 : अमेरिकासंग नेपालको खेल आज, लाइभ कहाँ हेर्ने ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

विश्वकप लिग-२ अन्तर्गतको दोश्रो त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले ओमान भ्रमण अन्तर्गत आज अमेरिकासंग पहिलो एकदिवसीय खेल्दै सिरिजको सुरुवात गर्नेछ। लिग-२ अन्तर्गत नेपालको यो पाँचौ खेल हुनेछ भने अमेरिकासंग नेपालको तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ। खेल बारे सम्पूर्ण जानकारी एकै ठाउँमा प्रस्तुत गरेका छौँ।

के हो विश्वकप लिग-२ : विश्वकप लिग-२ मा नेपाल, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया, युएई र पपुवा न्यु गिनी गरि ७ टोलि छन्। यो प्रतियोगिता २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको खुड्किलोको रुपमा रहेको छ। २०१९ देखि २०२१ फेब्रुअरी सम्म बिभिन्न चरणमा चल्ने यो प्रतियोगिताको अंकतालिकामा उत्कृस्ट-३ स्थानमा पर्ने टोलि २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ भने आगामी विश्वकप लिग-२ को लागि समेत छनोट हुनेछ । शिर्ष-३ स्थानमा पुग्न असफल हुने अंकतालिकाको तल्लो स्थानको ४ टिम २०२२ मा हुने आईसीसी विश्वकप छनोट प्लेअफमा पुग्नेछ जुन प्रतियोगितामा उत्कृस्ट-२ हुन सके २०२३ एकदिवसीय विश्वकप छनोटमा पुग्नेछ।

खेल – नेपाल VS अमेरिका ( विश्वकप लिग-२ , त्रिकोणात्मक सिरिज )
कहिले – सेप्टेम्बर १३, सोमबार, नेपाली समय : ४:१५ बजे , डे-नाइट खेल
कहाँ – अल अमिरात मुख्य क्रिकेट मैदान, ओमान

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता – १६  , अमेरिकाको – १८ औ

विश्वकप लिग-२ अंकतालिकामा अमेरिका – दोश्रो स्थानमा ( १२ खेल ६ जित र ६ हार = १२ अंक ), नेपाल – छैठौं स्थानमा ( ४ खेल २ जित र २ हार = ४ अंक )

प्रत्यक्ष कहाँ हेर्ने – खेलको प्रत्यक्ष प्रशारण नेपालमा ‘एक्सन स्पोर्ट्स’ टेलिभिजनले गर्नेछ। फेसबुक र युट्युबमा एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण नगर्ने बताएको छ। भिपीएन प्रयोग गरेर आईसीसीको वेबसाइट ICC.tv बाट तथा Fancode यापबाट शशुल्क लाइभ हेर्न सकिनेछ।

नेपाल-अमेरिका हेड टु हेड नतिजा ( एकदिवसीय अन्तर्राष्ट्रिय ) : नेपाल २-० अमेरिका

पछिल्लो भेट : विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज २०२० (नेपाल) , नेपाल ८ विकेटले विजयी (  अमेरिका : ३५ ( जेभियर मार्शल १६, सन्दिप लामिछाने – ६ विकेट ) , नेपाल : ३६/२ ( पारस खड्का २०, नोस्थुस केजिंगे २ विकेट )

नेपालको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा – ४ जित र १ हार
अमेरिकाको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा – २ जित र ३ हार

विश्वकप लिग-२ मा सफल नेपाली खेलाडी – सुशन भारि ( ४ खेलमा ११ विकेट ) , सन्दीप लामिछाने ( ४ खेलमा ८ विकेट ) , करन केसी ( ४ खेलमा ८ विकेट ) , बिनोद भण्डारी ( ४ खेलमा १२० रन )

विश्वकप लिग-२ मा सफल अमेरिकी खेलाडी – सौरभ नेत्रभाल्कर ( १२ खेलमा १८ विकेट ) , आरोन जोन्स ( १२ खेलमा ४१४ रन) , मोनाक पटेल ( १२ खेलमा २४८ रन )

पछिल्लो खेलमा लयमा रहेका नेपालको खेलाडीहरु : सन्दिप लामिछाने ( पीएनजी बिरुद्ध २ खेलमा १० विकेट ), रोहित पौडेल ( पीएनजी बिरुद्ध २ खेलमा १०७ रन ) , करन केसी ( पीएनजी बिरुद्ध २ खेलमा ३ विकेट र ४२ रन )

लयमा रहेका अमेरिकी खेलाडीहरु : जस्करन मलहोत्रा ( पीएनजी बिरुद्ध २ खेलमा १७६ रन ) , स्टेभेन टेलर ( पीएनजी बिरुद्ध २ खेलमा ११९ रन ) , निसर्ग पटेल ( पीएनजी बिरुद्ध २ खेलमा ५ विकेट ) , सौरभ नेत्रभाल्कर ( पीएनजी बिरुद्ध २ खेलमा ४ विकेट )

नेपालको लक्ष्य : पहिलो खेलमा अमेरिका बिरुद्ध जित दर्ता गर्दै प्रतियोगितामा लय प्राप्त गर्ने। ३ वा ४ खेल जित्दै विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ मा पुग्ने। अमेरिकाको पेस बलिंग आक्रमण राम्रोसंग खेल्ने।
अमेरिकाको लक्ष्य : नेपाल बिरुद्ध पछिल्लो २ हार बिर्सेर पपुवा न्यु गिनी बिरुद्ध अभ्यास खेलको २ जितकै लय कायम राख्ने। नेपालको स्पीन आक्रमण राम्रोसंग खेल्ने।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

अमेरिका टिम : सौरभ नेत्रभाल्कर ( कप्तान ) , आरोन जोन्स ( उपकप्तान ) , करिमा गोरे, एल्मोर हचकिन्सन, नोस्थुश केन्जिगे, जस्करन मलहोत्रा, सुशान्त मोदानी, अभिषेक परदकर, मोनाक पटेल, निसर्ग पटेल, डोमिनिक रिखी, गजानन्द सिंह, जेसी सिंह, स्टेभेन टेलर

खेल अघि नेपालका कप्तान ज्ञानेन्द्र मल्लको भनाई : अमेरिका राम्रो टिम छ र पीएनजीसंग खेल्दा राम्रो गरेको थियो। सजिलो भन्न मिल्दैन , खेल कठिन हुनेछ। अंकतालिकामा दोश्रो स्थानमा पनि छ त्यसैले यहाँको परिस्थितिमा फरक पर्छ। बिगतमा भन्दा वर्तमान र भविष्यलाई हेर्नुपर्छ। नेपाल र ओमानको परिस्थिति फरक छ। सोचे जस्तो नतिजा नआएपनि कठिन प्रतिस्पर्धा भने हुनेछ। अभ्यास खेलले कन्डीसनमा भिज्ने मौका पायौं तर पिच फरक हुनेछ। अगाडी आएर खेल्ने मद्दत भएको थियो। अमेरिकाको मिडियम पेस र ब्याटिंग राम्रो छ। अस्ति जस्करनले राम्रो गरेको छ त्यसैले उनीहरुको आत्मविश्वास माथि होला। हाम्रो स्पिन आक्रामक राम्रो छ। उनीहरुको पेस आक्रमण सामना गर्न सक्यौं भने राम्रो हुन्छ। दिपेन्द्र ऐरी नहुनु घाटा हो तर एकदिवसीय अन्तर्राष्ट्रिय टिमको रुपमा सबै खेलाडीको प्रतिस्थापन हुनु जरुरि छ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]