WCL2 – ओमान-नेपाल हेड टु हेड, पछिल्लो ६ खेलमा के भएको थियो

आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो दोश्रो सिरिज खेल्न ओमान भ्रमणमा रहेको नेपाली टिमले ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिज अन्तर्गत दोश्रो खेलमा आयोजक ओमानको समान गर्दैछ। डे-नाइट खेल नेपाली समय बेलुका ४:१५ बजे सुरु हुँदैछ।  लिग-२ अन्तर्गत नेपाल र ओमान तेश्रो पटक प्रतिस्पर्धा गर्नेछन्। सिरिजको सुरुवात अमेरिकालाई ५ विकेटले पराजित गर्दै गरेको नेपालले ओमानलाई निराश पर्दै लिग-२ अंकतालिकामा माथि चढ्न चाहन्छ। महत्वपूर्ण खेल अघि नेपाल र ओमान बीच इतिहासमा भएका अन्तिम ६ वटा खेलहरुको चर्चा यो लेखमा गरेका छौँ –

विश्व क्रिकेट लिग डिभिजन ३, २०१३ (नामिबिया) : नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन-३ अन्तर्गतको खेलमा नेपालले ओमानमाथि २८ रनको जित निकालेको थियो। टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १६० रन बनाएको थियो। नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३४ तथा बिनोद भण्डारीले ३२ रन बनाएका थिए। ओमानको बलिंगमा मुनिस अन्सारीले सर्वाधिक ३ विकेट लिएका थिए। १६१ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ४६.४ ओभरमा १३२ रनमा समेटिन पुगेको थियो। नेपालको बलिंगतर्फ सन्जम रेग्मी र बसन्त रेग्मीले समान २ विकेट तथा पारस खड्का, पृथु बाँस्कोटा र शक्ति गौचन लिएका थिए।

एसीसी प्रिमियर लिग २०१४ (मलेसिया) : खेलमा नेपाललाई ओमानले २ विकेटले हराएको थियो। क्वालालम्पुरमा सम्पन्न खेलमा टस जितेर बलिंग गरेको ओमानले नेपाललाई ४५ ओभरमा १५७ रनको योगफलमा रोकेको थियो। नेपालको ब्याटिंगतर्फ ज्ञानेन्द्र मल्लले २६ तथा नरेश बुढाएरले २३ रन बनाए। ओमानको बलिंगमा आमिर कलिमले ४ विकेट लिएका थिए। १५८ रनको लक्ष्य ओमानले ४७.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। ओमानका जिसान मक्सुदले ४४ रन तथा अरिफ हुसेनले २३ रनको। नेपालको बलिंगमा सोमपाल कामी, शक्ति गौचन र पारस खड्काले सामना २-२ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेको थिएन।

विश्व क्रिकेट लिग डिभिजन २, २०१८ (नामिबिया) : टस हारेर पहिले ब्याटिंग गरेको नेपाल ४६ ओभरमा १३८ रनमै समेटिन पुग्यो। नेपालका लागि शरद भेसावकरले सर्वाधिक २२ रन बनाए। नेपाललाई सस्तैमा समेट्नेक्रममा ओमानका खालीमुल्लाहले ४ विकेट र बिलाल खानले २ विकेट लिए। १३९ रनको लक्ष्य ओमानले ३५.१ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। उसका लागि आकिब इल्यासले ४६ रन र भीएस वाटेगोनकरले अविजित ३७ रन बनाए। नेपालका सन्दिप लामिछानेले १० ओभरमा २९ रन खर्चेर २ विकेट लिए पनि जित्न पर्याप्त थिएन।

एसिया कप छनोट, २०१८ ( मलेसिया ) : बायुमास ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट क्षेतीमा २२१ रन बनाएको थियो। नेपालको लागि सागर पुनले सर्वाधिक ८३, ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करन केसीले २६ रन बनाए। ८० रनमा ४ विकेट गुमेको अवस्थामा सागर र आरिफले पाँचौ विकेटको लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। ओमान बलर बिलाल खान, मोहम्मद नदीम र अजय लालचेताले समान २ विकेट लिए। २२२ रनको लक्ष्य ओमानले मात्र ३ विकेट क्षेतीमा पुरा गर्यो। खवर अलिले अविजित ८४, जिशान मक्सुदले अविजित ४५ तथा भैभव वाटगान्करले ४१ रन बनाए।

Nepal vs Oman

विश्वकप लिग-२, २०२० ( नेपाल ) : नेपालले टस जितेर फिल्डिंग रोजे पछि ब्याटिंग गरेको ओमानले ५० ओभरमा ९ विकेट क्षेतीमा १९७ रन मात्र बनाउन सक्यो। करन केसी र सुशन भारिले उत्कृस्ट बलिंग गर्दा ५७ रनमा ५ विकेट गुमाएको अवस्थामा मोहम्मद नदीमले सन्दिप गौडसंग ६० रनको साझेदारी गर्दै ओमानको इनिंग्स उकासे। नदीमले अविजित रहँदै ६९ रन बनाए भने गौडले ३३ रन बनाए। नेपालको बलिंगमा करन केसीले ४ विकेट र सुशन भारिले ३ विकेट लिए।

१९८ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ल छिट्टै आउट हुँदा तेश्रो विकेटको लागि शरद भेसावकर र दिपेन्द्र ऐरीले ६४ रनको साझेदारी गरे। त्यसपछि शरदले एक किनार सम्हालेर ब्याटिंग गरेता पनि अर्को किनारमा नेपालको विकेट जाने क्रम रोकिएन। फलस्वरुप नेपाल ४६.५ ओभरमा १७९ रनमै समेटिन पुग्यो। शरदले सर्वाधिक ५५, दिपेन्द्रले ३६, सन्दिप लामिछानेले २८ तथा बिनोद भण्डारीले २६ रन योगदान दिए। ओमान बलर जिशान मक्सुदले ३ तथा बिलाल खान र कलेमुल्लाहले समान २ विकेट लिए।

विश्वकप लिग-२, २०२० ( नेपाल ) : पहिलो खेलमा हार पछि दोश्रो खेलमा सुधारिएको ब्याटिंग गरेको नेपालले टस हारेर ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट क्षेतीमा २४९ रन बनायो। ओपनर ज्ञानेन्द्र मल्लले सुबास खकुरेलसंग ४८ तथा पारस खड्कासंग ५९ रनको साझेदारी गरे। मल्लले ५६ रन बनाए भने पारस खड्काले ३८, बिनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८ तथा सुबास खकुरेलले २२ रन योगदान दिए। लक्ष्य पछ्याउने क्रममा ओमानले पुनः उत्कृस्ट प्रदर्शन गर्यो। ओपनर जतिन्दर सिंह र खवर अलिले क्रमशः २३ र ४१ रन बनाए। दुवै आउट भएपछि तेश्रो विकेटको लागि कप्तान जिशान मक्सुद र अकिब इल्यासले अविजित १६७ रनको साझेदारी गर्दै शानदार जित दिलाए। इल्यासले अविजित १०९ तथा मक्सुदले अविजित ६८ रन बनाए। नेपालका सुशन भारि र कुशल मल्लले समान १ विकेट लिए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]