रोमान्चक फाइनलमा सेन्ट लुसिया पराजित, ब्राभोको सेन्ट किट्सलाई सिपिएल टि-२० को उपाधि

२०७८ भाद्र ३१, बिहीबार ०७:५१

रोमान्चक प्रतिस्पर्धामा सेन्ट लुसिया किंग्सलाई ३ विकेटले पराजित गर्दै सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सले पहिलो पटक करेबियन प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ। सेन्ट लुसिया लगातार दोश्रो सिजन उपविजेतामा सिमित हुन पुग्यो। गत सिजनको उपाधि ट्रिनबागोले जितेको थियो जो यो सिजन सेमीफाइनलबाट बाहिरियो।

सेन्ट किट्सको घरेलु मैदानमा सम्पन्न खेलमा सेन्ट लुसियाले दिएको १६० रनको लक्ष्य सेन्ट किट्सले अन्तिम बलमा ७ विकेट क्षेतीमा भेटायो।

रोमान्चक रहेको खेलको अन्तिम २ ओभरमा २१ रन आवस्यक हुँदा वहाव रियाजले १९ औं ओभरको पहिलो बलमै क्रिजमा जमेका फाबियन एलेनको विकेट लिएका थिए। लगत्तै बलमा डोमिनिक ड्रेक्सले छक्का प्रहार गरे भने चौथों बलमा शेल्डन कटरेलले चौका हिर्काए। पाँचौ बलमा कटरेल रन आउट हुन पुगे। अन्तिम ओभरमा जित्न ९ रन आवस्यक हुँदा केस्रिक विलियम्सले पहिलो ४ बलमा ४ रन मात्र दिए। २ बलमा ५ रन आवस्यक हुँदा ड्रेक्सले चौका हिर्काउदै स्कोर बराबरी गरे भने अन्तिम बलमा १ रन लिंदै रोमान्चक जित दिलाए।


लक्ष्य पछ्याउने क्रममा लयमा रहेका ओपनरद्वय क्रिस गेल खाता नखोली पहिलो ओभरमै तथा इभिन लुइस ६ रन बनाएर चौथों ओभरमा आउट भए। तेश्रो विकेटको लागि जोशुवा डी सिल्भाले शर्फेन रुथरफोर्डसंग ४५ रन जोडे। तर त्यसपछि डी सिल्भा ३७ रन, रुथरफोर्ड २५ रन तथा कप्तान ड्वेन ब्राभो ८ रन बनाएर छोटो अन्तरमा आउट भए। त्यसपछि डोमिनिक ड्रेक्सले फाबियन एलेनसंग ४५ रनको महत्वपूर्ण साझेदारी गरे। २० रन बनाएर एलेन आउट भएपछि ड्रेक्सले टिमलाई जितसम्म पुर्याए। ड्रेक्सले २४ बलमा ३ चौका र ३ छक्का मद्दतले ४८ रन बनाए।

सेन्ट लुसियाको बलिंगमा वहाव रियाजले २ ( ४-०-३६-२) तथा रोस्टन चेज, एल्जारी जोसेफ, डेभिड विस र केसरिक् विलियम्सले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट क्षेतीमा १५९ रन बनाएको थियो। उसको लागि ओपनर रखिम कर्नवाल र रोस्टन चेजले समान ४३ तथा किमो पौलले ३९ रन योगदान दिए। पौलले इनिंग्सको १९ औं ओभरमा डोमिनिक ड्रेक्सलाई लगातार ३ छक्का प्रहार गरेका थिए।

सेन्ट किट्सको बलिंगमा नसिम शाह ( ४-१-२६-२ ) र फवाद एहमद ( ४-०-३२-२ ) ले समान २ विकेट लिए। फाबियन एलेन ( ४-०-१७-१ ) , डोमिनिक ड्रेक्स ( ३-०-३८१ ) र जोन रस जग्गेसर ( ४-०-३४-१ ) ले समान १ विकेट लिए।

फाइनलको प्लेयर अफ द म्याच डोमिनिक ड्रेक्स चुनिए भने सेन्ट लुसियाका रोस्टन चेज प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए। चेजले १२ खेलमा ४९.५६ को औशत र १४४.३४ को स्ट्राइक रेटमा लिगको सर्वाधिक ४४६ रन प्रहार गरेका थिए। बलिंगतर्फ रभी रामपौल सर्वाधिक विकेटकर्ता भए जसले १० खेलमा १९ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy