ओमानमा जारि आयोजक ओमना, नेपाल र अमेरिका सहभागी आईसीसी विश्व कप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो खेलमा ओमान र अमेरिका प्रतिस्पर्धा गरिरहेका छन्।
अल अमिरात मैदानमा टस हारेर ब्याटिंग गरेको अमेरिकाले ४४.४ ओभरमा सबै विकेट गुमाएर १७८ रन बनाउदै ओमानलाई १७९ रनको लक्ष्य प्रस्तुत गरेको छ। अमेरिकाको लागि एल्मोर हचीन्सनले सर्वाधिक योगदान दिने क्रममा अविजित ४९ रन तथा करिमा गोरीले ४४ रन योगदान दिए। जस्करन मलहोत्राले २१, सुशान्त मोदानीले २०, निसर्ग पटेलले १३ रन योगदान दिए।
अमेरिकाले सुरुवात देखि लगातार विकेट गुमाउदा एक समय सानो योगफलमा समेटिने अवस्थामा थियो। तर ९६ रनमा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटको लागि करिमा गोरेले एल्मोर हचिन्सनसंग ६९ रनको साझेदारी गर्दै अमेरिकालाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। गोरे आउट भएपछि हचिन्सनले दशौँ विकेटको लागि सौरभ नेत्रभाल्करसंग १६ रनको साझेदारी गरे।
ओमानको बलिंगमा बिलाल खान ( ८.४-०-४९-२ ) , मोहम्मद नदीम ( १०-१-३४-२ ) र आयान खान ( ९-२-२९-२ ) ले समान २ विकेट तथा कलेमुल्लाह र जिशान मक्सुदले समान १ विकेट लिए।
विश्वकप लिग-२ अन्तर्गत गत वर्ष नेपालमा खेलिएको त्रिकोणात्मक सिरिजमा ओमानले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले तथा दोश्रो खेलमा ओमानले नेपाललाई ५ विकेटलेनै पराजित गरेको थियो। सिरिज अन्तर्गत चौथों खेलमा नेपालले अमेरिकासंग शुक्रबार खेल्नेछ। खेल नेपाली समय ४:१५ बजे बेलुका सुरु हुनेछ।
विश्वकप लिग-२ अंकतालिकामा ओमान ११ खेलमा ९ जित र २ हार पछि १८ अंक सहित पहिलो स्थानमा तथा अमेरिका १३ खेलमा ६ जित र ७ हार पछि १२ अंक सहित दोश्रो स्थानमा रहेको छ। नेपाल ६ खेलमा ३ जित र ३ हार पछि ६ अंक सहित छैठौं स्थानमा रहेको छ। अंकतालिका हेर्नुस
