ओडीआई वरियतामा नेपाललाई पछि पार्दै ओमानको फड्को, जिम्बाब्वेलाई समेत पछि पार्यो

२०७८ आश्विन १, शुक्रबार १२:३४

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले ओमानलाई उछिनेको ३ दिन पनि नबित्दै ओमानले पुनः नेपाललाई पछि पार्दै फड्को मारेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले गय राति जारि गरेको नयाँ वरियता अनुसार ओमान १६ औं स्थानबाट तिन स्थान फड्को मार्दै १३ औं स्थानमा पुगेको छ। १५ औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १६ औं स्थानमा पुगेको छ। अमेरिका १९ औं स्थानमा यथावत रहेको छ।

वरियतामा फड्को मार्ने क्रममा ओमानले टेस्ट राष्ट्र जिम्बाब्वेलाई समत पछि पारको छ। जिम्बाब्वे १४ औं स्थानमा रहेको छ। एसोसिएट राष्ट्रमा ओमानभन्दा अघि नेदरल्याण्ड ११ औं स्थानमा रहेको छ। अफगानिस्तान १० औं, आयरल्याण्ड १२ औं, स्कटल्याण्ड १५ औं, युएई १७ औं, नामिबिया १८ औं तथा पपुवा न्यु गनी २० औं स्थानमा छ। वरियताको शिर्ष १० टोलिमा क्रमशः इंग्ल्यान्ड, भारत,, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका,बंगलादेश, अस्ट्रेलिया, अफगानिस्तान, वेस्टइन्डिज र श्रीलंका रहेका छन्।

विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान बीच जारी त्रिकोणात्मक सिरिजमा उत्कृस्ट लयमा रहेको ओमानले नेपाल र अमेरिकालाई क्रमशः ५ र ४ विकेटले पराजित गरेपछि वरियतामा फड्को मारेको हो। नेपालले त्रिकोणात्मक सिरिज अघि पपुवा न्यु गिनीलाई दुई खेलमा तथा लगत्तै अमेरिकालाई पराजित गरेको थियो। ओमानसंग पराजित भएपछि नेपाल एक स्थान तल पुगेको हो। ओमान भ्रमणमा नेपालले बाँकी २ खेल अमेरिकासंग आज ( सेप्टेम्बर १७ ) र आइतबार ( सेप्टेम्बर १९ ) ओमानसंग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल जितेको खण्डमा नेपाललाई वरियतामा सुधार गर्ने अवसर रहेको छ।

आईसीसीले यसै साता जारि गरेको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछाने इतिहासमै पहिलो पटक शिर्ष-१०० भित्र पर्न सफल नेपाली खेलाडी बन्न पुगेका थिए। सन्दिप ९१ औं स्थानमा रहेका छन्। एकदिवसीय अन्तर्राष्ट्रिय बलिंग वरियतामा एसोसिएट राष्ट्रका खेलाडी मध्ये युएईका देब्रे हाते स्पिनर एहमद राजा सबैभन्दा माथि ३१ औं स्थानमा छन्। सन्दिप भन्दा माथि स्कटल्याण्डका मार्क वाट ४४ औं, युएईका रोहन मुस्तफा ४९ औं, स्कटल्याण्डका सफ्यान सरिफ ५४ औं, स्कटल्याण्डकै जोश डेभी ७० औं, स्कटल्याण्डका एलेस्डर इभान्स ८० औं, पपुवा न्यु गिनीका नोसैना पोकना र चाड सोपर ८६ औं र ८८ औं स्थानमा रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy