ओमान बिरुद्ध नेपालको शानदार कीर्तिमानी जित

Nepal Cricket Team

अन्तिम तथा चौथों खेलमा घरेलु टोलि ओमान बिरुद्ध ७ विकेटको शानदार जित दर्ता गर्दै नेपालले आईसीसी विश्वकप लिग -२ मा चौथों जित दर्ता गर्न सफल भएको छ। ओमान बिरुद्ध नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमै यो पहिलो जित हो। जितसंग नेपालले मुख्य प्रशिक्षक डेभ व्हाटमोरको सुखद विदाई गर्यो। व्हाटमोरले ओमान भ्रमण अघि मुख्य प्रशिक्षक पदबाट राजिनामा दिएका थिए।

अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमानले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले १८.२  ओभरमै ३ विकेट गुमाएर भेटायो।

७ विकटको जित ओमान बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा यो सर्वाधिक विकेट अन्तरको जित हो। यस अघि ओमानलाई लक्ष्य पछ्याउने क्रममा कुनै पनि टिमले पराजित गर्न सकेको थिएन। ७ विकेटको जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा दोश्रो ठूलो विकेट अन्तरको जित हो। गत वर्ष अमेरिका बिरुद्ध ८ विकेटको जित  नेपालको सबैभन्दा ठूलो विकेट अन्तरको जित हो।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए जुन क्रममा ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। मल्ल ओमान बिरुद्ध दुई वटा अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बन्न पुगे । यस्तै मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा ४ वटा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान समेत बनेका छन्। मल्ल पछि रोहित पौडेलले ३ वटा अर्धशतक बनाएका छन्।

यस्तै आसिफ शेखले ४४ बलमा ७ चौका मद्दतले ४० रन बनाए भने कुशल भुर्तेल र रोहित पौडेलले समान ६ रन तथा शरद भेसावकरले अविजित १ रन बनाए। ओमानको बलिंगमा कलिमुल्लाह र नेस्टर धाम्बाले समान १ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल चौथों ओभरमा ६ रन बनाएर आउट भए। दोश्रो विकेटको लागि आसिफ शेखले ज्ञानेन्द्र मल्लसंग ९५ रनको साझेदारी गरे। १६ औं ओभरमा आसिफलाई नोस्थुस धाम्बाले क्याच आउट गराए। जित्न २ रन आवस्यक हुँदा रोहित पौडेल ६ रन बनाएर आउट भए। त्यसपछि ज्ञानेन्द्र र शरद भेसावकरले अविजित रहँदै नेपाललाई जितसम्म पुर्याए।

यस अघि टस हारेर ब्याटिंग गरेको ओमानले ३७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन मात्र बनाउन सकेको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल बिरुद्ध ओमानको यो सबैभन्दा कम योगफल हो भने समग्रमा दोश्रो कम योगफल हो।

ओमानको लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए। जतिन्दर सिंहले १३, नशिम खुसिले १२ रन, कलेमुल्लाहले ११ तथा बिलाल खानले ९ रन योगदान दिए।

खराब सुरुवात गरेको ओमानले सुरुवात देखि निरन्तर विकेट गुमाउन पुग्यो। करन केसीले ओमानका माथिल्लो क्रमका ३ ब्याट्सम्यान जतिन्दर सिंह, सुफ्यान मेहमुद र आयान खानलाई पेभेलियन फर्काए। त्यसपछि नेपाल रोकिएन लेग स्पिनर सन्दिप लामिछानेले मोहम्मद नदीम, सुरज कुमार र नेस्टर धाम्बालाई आउट गरे। सन्दिपले १३ औं ओभरमा चौथों र पाँचौ बलमा सुरज र नेस्टरको विकेट लिए। फलस्वरुप ४३ रनको योगफलमा ओमानले ६ विकेट गुमाउन पुग्यो।

पाँचौ नम्बरमा ब्याटिंग गरेका ओमान कप्तान जिशान मक्सुदले सन्दिप गौडसंग सातौँ विकेटकको लागि २१ रनको साझेदारी गरे। २२ औ ओभरमा शरद भेसावकरले गौडलाई क्याच आउट गराए। त्यसपछि मक्सुदले नवौं विकेटको लागि कलेमुल्लाहसंग २० रन जोड़ा। ३५ औं ओभरमा करनले मक्सुदलाई विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराए। दशौँ विकेटको लागि कलेमुल्लाह र बिलाल खानले १५ रन जोडे। सन्दिपले बिलाललाई बोल्ड गर्दै ओमानको इनिंग्स समाप्त पारे।

नेपालको बलिंगमा करन केसी ( ८-१-२५-४ ) र सन्दिप लामिछाने ( ८.१-२-१८-४ ) ले समान ४ विकेट लिए भने शरद भेसावकरले २ विकेट ( ६-१-२१-२ ) लिए।

सन्दिप र करनको कीर्तिमान : करन केसी ओमान बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। नामिबियाका जोनाथन स्मिथ ( ८ विकेट ) लाई उछिन्दै करनले यो कीर्तिमान आफ्नो नाम गरेका हुन्। ओमान बिरुद्ध ४ खेल खेल्ने क्रममा करनले कुल १० विकेट लिएका छन्। यस्तै सन्दिपको स्पेल ८.१-२-१८-४ ) ओमान बिरुद्ध नेपाली बलरको सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेपछि दोश्रो र तेश्रो खेलमा ओमान र अमेरिकासंग क्रमशः ५ र ६ विकेटले पराजित भएको थियो। चौथों खेलमा जितसंग नेपाल विश्वकप लिग-२ अंकतालिकाको चौथों स्थानमा उक्लिएको छ। ८ खेल खेलेको नेपालले ४ जित र ४ हार बेहोर्दै ८ अंक बटुलेको छ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]