ओमान भ्रमण अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा घरेलु टोलि ओमानलाई पराजित गर्दै नेपालले आईसीसी विश्व कप लिग-२ अंक तालिकामा २ स्थान उक्लन सफल भएको छ।
लिग-२ अन्तर्गत नेपालले ओमानसंग खेलेको ४ खेलमा ३ खेलमा हार बेहोरेको थियो भने पहिलो जित दर्ता गरेको हो। यस्तै नेपालले अन्य ४ खेल अमेरिकासंग खेलेको छ जसमा ३ जित र १ हार बेहोरेको छ।
ओमान बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो जित दर्ता गरेको नेपालले लिग-२ मा ८ खेल खेल्दा चौथों जित दर्ता गर्दै ८ अंक बटुलेको छ। यो संगै छैठौं स्थानमा रहेको नेपाल २ स्थान उक्लनेक्रममा नामिबिया र युएईलाई पछि पार्दै अंकतालिकाको चौथों स्थानमा उक्लन सफल भएको छ। हारपछि पनि ओमान भने १३ खेलमा १० जित जित र ३ हार बेहोर्दै २० अंक सहित शिर्ष स्थानमा रहेको छ। अमेरिका १५ खेलमा ७ जित र ८ हार बेहोर्दै १४ अंक सहित दोश्रो स्थानमा छ। ९ अंक सहित स्कटल्याण्ड तेश्रो स्थानमा छ

ओमान भ्रमणको त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने त्यसपछि दोश्रो र तेश्रो खेलमा ओमान र अमेरिकासंग क्रमशः ५ विकेट र ६ विकेटको हार बेहोरेको थियो। चौथों खेलमा उत्कृस्ट पुनरागमन गर्ने क्रममा नेपालले ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य १८.२ ओभरमै भेटायो।
खेलमा टस हारेर पहिले ब्याटिंग गरेको ओमानले ३७.१ ओभरमा १२१ रनमै सबै विकेट गुमाएको थियो। करन केसी र सन्दिप लामिछानेले ओमानको ४ विकेट लिए भने शरद भेसावकरले २ विकेट लिए। लक्ष्य पछ्याउने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक अविजित ५२ तथा आसिफ शेखले ४० रन बनाउदै जितको आधार तयार गरे।
