चक्रवर्तीले घातक बलिंग गर्दा बैंगलोर ९२ रनमै सिमित

२०७८ आश्विन ४, सोमबार २१:३१

युएईमा जारि आईपीएलको दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिंग गरेको बैंगलोरले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको छ। उसको लागि देभदत्त पडीक्कलले सर्वाधिक २२ रन, श्रीकर भारतले १६ रन, हर्षल पटेलले १२ रन तथा ग्लेन म्याक्सवेलले १० रन बनाए। कप्तान बिराट कोहलीले ५ रन बनाए भने एबि डी भिल्लीयर्स र वानिन्दु हसरंगाले खाता समत खोल्न सकेनन्।

कप्तान बिराट कोहली दोश्रो ओभरमा कोलकाता पेसर प्रसिध कृष्णबाट एलबिडब्लु भएपछि दोश्रो विकेटको लागि देभदत्त पडीक्कलले डेब्यु गरिरहेका श्रीकर भारतसंग ३१ रनको साझेदारी गरे। छैठौं ओभरमा पडीक्कललाई लकी फर्गुसनले क्याच आउट गराए। नवौं ओभरमा भारतलाई आन्द्रे रसेलले क्याच आउट गराए। रसेलले सोहि ओभरमा एबि डी भिल्लीयर्सलाई खाता नखोल्दै बोल्ड गरे। त्यसपछि वरुण चक्रवर्तीले १२ औ ओभरमा ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाको लगातार बलमा विकेट लिए। त्यसपछि कायल जेमीसन रन आउट हुन पुग्दा बैंगलोरको अवस्था नाजुक बन्यो। फलस्वरुप ५१/२ को अवस्थाबाट योगफलमा थप ४१ रन जोड्दा बैंगलोरले सम्पूर्ण विकेट गुमाउन पुग्यो।

कोलकाताको बलिंगमा लेग स्पिनर वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १३ रन खर्चिए। आन्द्रे रसेलले ३ विकेट ( ३-०-९-३ ), लकी फर्गुसनले २ विकेट ( ४-०-२४-२ ) र प्रसिध कृष्णले १ विकेट लिए।

खेलमा बैंगलोरबाट दुई खेलाडी श्रीकर भारत र वानिन्दु हसरंगा डेब्यु गरिरहेका छन्।

लिग अंकतालिकामा बैंगलोर ७ खेलमा ५ जित र २ हार पछि १० अंक सहित तेश्रो स्थानमा छ भने कोलकाता ७ खेलमा २ जित र ५ हार पछी सातौँ स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy