सुमितलाई यति स्पोर्ट्सको प्रायोजन

२०७८ आश्विन ८, शुक्रबार २०:५३

अन्डर-१६ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा शशस्त्र प्रहरी बलका युवा दायाँ हाते ब्याट्सम्यान सुमित महर्जनलाई यति स्पोर्ट्स एण्ड एक्सेसोरिज प्रालिले क्रिकेट सामग्री प्रायोजन गरेको छ।

यति स्पोर्ट्सका प्रमुख सुधिर महर्जन र सुमित बीच शुक्रबार सम्झौता भएको हो। सम्झौता अनुरुप सुमितले एक वर्षसम्म आवस्यक क्रिकेट सामग्री यति स्पोर्ट्सबाट पाउनेछन्। यति स्पोर्ट्सले भारतमा उत्पादित स्तरीय क्रिकेट सामग्री सुपथ मूल्यमा नेपालमा उपलब्ध गराउदै आएको छ। आगामी दिनमा पनि अरु युवा क्रिकेटरलाई यस्तै सम्झौता गर्ने उद्देश्य यतिले लिएको छ।

सुमितले २०१४ मा नेपालले एसीसी अन्डर-१६ को उपाधि जित्दा नेपाली टिमको कप्तानी गरेका थिए। उनले नेपाल यु-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्। घरेलु क्रिकेटमा शशस्त्र प्रहरी बल ( एपीएफ ) टिममा रहेका सुमितले बिभिन्न फ़्रेन्चाइज् लिगहरु खेलीसकेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy