EPL मा आज दुई खेल हुँदै

२०७८ आश्विन १०, आईतवार ०६:३५

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिगको दोश्रो दिन दुई वटा खेलहरु खेलिंदैछन्। शनिवार सम्पन्न पहिलो खेलमा सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ ले कुशल भुर्तेल कप्तानीको ललितपुर पेट्रिएट्सलाई ७ विकेटले पराजित गरेको थियो।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा खेलिने पहिलो खेलमा विहान ९:३० बजे सोमपाल कामी कप्तानीको चितवन टाईगर्स र करन केसी कप्तानीको बिराटनगर वारियर्स तथा दिउसो १:३० बजे सुरु हुने दोश्रो खेलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र बिनोद भण्डारी कप्तानीको पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन्।

भैरहवाका कप्तान शरद बाहेक चितवन, बिराटनगर र पोखराको कप्तान यो पटक परिवर्तन भएका छन्। चितवनको कप्तान गत वर्ष पृथु बास्कोटा, बिराटनगरको पारस खड्का तथा पोखराको कायल कोट्जरले गरेका थिए।

भैरहवा गत सिजनको फाइनलिस्ट टोलि हो जो ललितपुर पेट्रिएट्ससंग पराजित हुँदै उपाधि जित्न चुकेको थियो। पोखरा गत सिजन सबै खेलमा पराजित हुँदै प्लेअफ पुग्न असफल रहेको थियो। यस्तै बिराटनगर ५ खेलमा २ जित र ३ हार पछि पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल भएको थियो। चितवनको बिराटनगर समान अंक रहेता पनि नेट रन रेटमा पछि पार्दै अंकतालिकाको चौंथो स्थानमा रहेको प्लेअफ पुगेको थियो।

कुन टिममा को-को छन् खेलाडीहरु 

चितवन टाइगर्स : सोमपाल कामि कप्तानीको टिममा दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम जस्ता राष्ट्रिय क्रिकेटर रहेका छन्। टिमले विदेशी खेलाडीको रुपमा अफगानिस्तानका मोहम्मद शाहजाद र अफगानिस्तानका अलराउण्डर करीम जनत , श्रीलंकन लेग स्पिनर सेक्कुगे प्रसन्ना र मलेसियन ब्याट्सम्यान भीरनदिप सिंहलाई आवद्ध गरेको छ। टिमको प्रशिक्षकमा भारतीय प्रशिक्षक पुरु सिंह रहेका छन्।

सोमपाल कामि, दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप सुनार, देभ खनाल, हसिम अन्सारी, आदील खान, खडक बोहरा, गौतम केसी, भिम शार्की, सागर ढकाल, मोहम्मद शाहजाद(✈️), करीम जनत(✈️), सेक्कुगे प्रसन्ना(✈️), भीरनदिप सिंह(✈️)

बिराटनगर वारियर्स : पारस खड्काको अनुपस्थितिमा बिराटनगरको कप्तानी करन केसीले गर्नसक्नेछन्। टिममा आसिफ शेख, अनिल शाह, रामनरेश गिरि जस्ता राष्ट्रिय क्रिकेटर तथा सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, अनिल खरेल जस्ता युवा क्रिकेटरहरु छन्। टिमले विदेशी खेलाडीको रुपमा जिम्बाबेका स्टार अलराउण्डर सिकन्दर राजा, क्यानडाका ब्याट्सम्यान रायन पठान, वेस्टइन्डिजका ओपनिंग ब्याट्सम्यान चन्द्रपौल हेमराज र श्रीलंकान ब्याट्सम्यान दिलशान मुनाविरालाई अनुबन्ध गरेको छ। टिमको प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका मनोज कटवाल रहेका छन्।

करन केसी, आसिफ शेख, अनिल शाह, रामनरेश गिरि, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, सोनु देबकोटा, प्रतिश जिसी, अनुज चुनारा, सन्तोष यादव, सिकन्दर राजा(✈️), रायन पठान(✈️), चन्द्रपौल हेमराज(✈️), दिलशान मुनाविरा(✈️)

भैरहवा ग्ल्याडीएटर्स : शरद भेसावकर कप्तानीको टिममा राष्ट्रिय क्रिकेटरहरु आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की , दिपेश श्रेष्ठ रहेका छन्। टिममा बंगलादेशका ब्याट्सम्यान तामिम इक्बाल, श्रीलंकान ब्याट्सम्यान उपुल थारांगा र फास्ट बलर धम्मिका प्रशाद र मलेसियन अलराउण्डर शर्भिन मुनिएन्डी रहेका छन्। टिमको प्रशिक्षकको रुपमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके रहेका छन्।

शरद भेसावकर ( कप्तान ) आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की , दिपेश श्रेष्ठ, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, दुर्गेश गुप्ता, बिकाश आग्री, तुल बहादुर थापा, मौसम ढकाल, तामिम इक्बाल (✈️), उपुल थारांगा (✈️), धम्मिका प्रशाद (✈️) , शर्भिन मुनिएन्डी (✈️)

३. पोखरा राइनोज : टिममा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, सुनिल धमला, बिक्रम सोब रहेका छन् भने युवा खेलाडीहरु रित गौतम, लोकेश बम, बिबेकक यादव, नन्दन यादव, अर्जुन कुमाल समाबेश छन्। विदेशी खेलाडीको रुपमा टिममा दक्षिण अफ्रीकाका रिचर्ड लेभी, वेस्टइन्डिजका फास्ट बलर केसरिक् विलियम्स, श्रीलंकाका अलराउण्डर असेला गुनरत्ने, पूर्व श्रीलंकन यु-१९ क्रिकेटर सहान अरचिगे रहेका छन्। टिमको कप्तानी कसले गर्ने राइनोजले घोषणा गरेको छैन। टिमको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक उमेश पटवाल तथा बलिंग प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन रहेका छन्।

बिनोद भण्डारी, सुनिल धमला, रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, सुशन भारि, किशोर महतो, बिक्रम सोब, नन्दन यादव, अर्जुन कुमाल, देब शाह, बिपिन खत्री, रिचर्ड लेभी(✈️)केसरिक् विलियम्स(✈️), असेला गुनरत्ने(✈️), सहान अरचिगे(✈️)

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy