दुर्गेश चम्कँदा पोखराको पाँच विकेट पतन

२०७८ आश्विन १०, आईतवार १४:१७

काठमाडौं,असोज १०
एभरेस्ट प्रिमियर लिगअन्तर्गत आइतबार भएको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजको पाँच विकेट चट्काएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले पाँच विकेट गुमाएको हो । पोखराका ओपनरद्वय रिचर्ड लेभी शुन्यमा र सुनील धमला १ रनमा नै आउट भए । त्यसपछि आएका विपिन रावल ६ रन, कप्तान विनोद भण्डारी शुन्य र लोकेश बम पनि शुन्यमा नै पवेलियन फर्किएका हुन् ।

भैरहवाका दुर्गेस गुप्ताले तीन विकेट, धमिका प्रसाद र अविनाश बोहोराले समान एक विकेट लिए । पाँच ओभर सकिँदा पोखरा २९\५ विकेटको नाजुक अवस्थामा छ । अहिले पोखराका लागि असेला गुनरत्ने र विवेक यादव ब्याटिङ गरिरहेका छन् ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy