अफ्रिदी खेल्ने अन्तिम खेल मैदान भिजेको कारण रद्ध

२०७८ आश्विन ११, सोमबार १२:१२

चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल टि-२०) अन्तर्गत सोमबारको पहिलो खेल मैदान भिजेको कारण रद्ध हुन पुगेको छ | हिजो राति भारि वर्षाका कारण दिनको दोस्रो खेलमा पोखरा र भैरवाहाले अंक बाढेका थिए | सोहि वर्षाका कारण आज मैदान सुक्न नपाउँदा काठमाडौँ र विराटनगर बिचको खेल पनि टस हुन नपाई रद्ध हुन पुगेको हो |

पाकिस्तानका चर्चित पुर्व खेलाडी शाहिद अफ्रिदीले आज अन्तिम खेल खेल्ने तालिका रहेको थियो | उनि सुरुवाती २ खेलको लागि मात्रै ईपिएल खेल्न नेपाल आएका थिए |लिगमा काठमाडौँको प्रतिनिधित्वो गरेका उनले उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सविरुद्ध खेलेका थिए | ब्याटिंगमा मौका नपाएका उनले बलिंगमा ४ ओभर गर्दा ३२ रन खर्चिएका थिए | उक्त खेलमा काठमाडौँ ७ विकेटले विजयी भएको थियो |

खेल रद्ध भएपछि दुवै टोलिले समान १-१ अंक बाढेका छन् | दिनको दोस्रो खेलमा भैरवाहा र चितवन प्रतिस्पर्धा गर्दै छन् |

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy