ईपीएलको आज स्थगित खेल पनि नयाँ मितिमा खेलिने, भोलि पनि खेल नभए के हुन्छ ?

२०७८ आश्विन १२, मंगलवार २३:०७

काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल टि-२० ) अन्तर्गत मंगलबार एक खेल पनि वर्षाका कारण स्थगित हुन पुगेपछि ईपीएल आयोजकले हालसम स्थगित भएका ३ वटा खेलहरु नयाँ मितिमा खेलाउने भएको छ।

लिग अन्तर्गत मंगलबारको पोखरा राइनोज र काठमाडौँ किंग्स-११ बीचको खेल पनि वर्षाका कारण स्थगित हुन पुग्यो भने यस अघि सोमबारको चितवन टाइगर्स र भैरहवा ग्ल्याडीएटर्स तथा काठमाडौँ किंग्स-११ र बिराटनगर वारियर्स बीचको खेल पनि वर्षाका कारण टस समेत नभाई स्थगित गरिएको थियो। यस्तै आइतबारको पोखरा राइनोज र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल पनि वर्षाले प्रभावित हुँदा दुई टिमले एक/एक अंक बाँडेका थिए। तर सोमबार र मंगलबारको खेल टस समेत नभई रद्द हुँदा भने आयोजकले अंक नबाँड्ने निर्णय लिंदै नयाँ मितिमा उक्त खेल गर्ने भएको हो।

विकेटनेपाललाई प्राप्त जानकारी अनुसार अब बुधबार हुने दुई खेल पनि यसरीनै कुनै बलनै नभई स्थगित भएको खण्डमा नयाँ मितिमा खेलाइनेछ। तर बिहिबार देखि भने खेलहरु सम्भव नभएको खण्डमा टिमहरुले अंक बाँड्ने बताईएको छ जसको अधिकारिक घोषणा भने आयोजकले गरेको छैन। खेल तालिका अनुसार बुधबार ( सेप्टेम्बर २९ ) ललितपुर पेट्रिएट्स र पोखरा राइनोज बीच विहान ९:३० बजे तथा दिउसो १:३० बजे भैरहवा ग्ल्याडीएटर्स र बिराटनगर वारियर्स बीच दुईवटा खेल हुनेछन्।

नयाँ खेल तालिका अनुसार काठमाडौँ किंग्स-११ र बिराटनगर वारियर्स बीचको खेल अब सेप्टेम्बर ३० ( बिहिबार ) विहान ९:३० बजे खेलिनेछ। यस्तै चितवन टाइगर्स र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल सोहि दिन सेप्टेम्बर ३० ( बिहिबार ) दिउसो १:३० बजे खेलिनेछ। यस्तै पोखरा राइनोज र काठमाडौँ किंग्स-११ बीचको खेल अक्टोबर १ तारिख ( शुक्रबार ) विहान ९:३० बजे खेलिनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा भोलि बुधबार पनि वर्षाको सम्भावना रहेको हुँदा खेल प्रभावित हुने सम्भावना रहेको छ। यदी विहान देखि घाम लागेको खण्डमा भने खेल हुन सक्ने सम्भावना छ जुन सम्भावना थोरैछ।

लिगमा हालसम्म मात्र दुई वटा खेल मात्र सम्पन्न भएका छन्। काठमाडौँ किंग्स-११ ले ललितपुर पेट्रिएट्स तथा बिराटनगर वारियर्सले चितवन टाइगर्सलाई  पराजित गर्दै जित दर्ता गरेका थिए।

नयाँ खेलतालिका हेर्नुस 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy