EPL : आज दुई खेल हुँदै, यस्तो छ मौसम पूर्वानुमान

२०७८ आश्विन १३, बुधबार ०९:१९

काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग टि-२० ( ईपीएल ) अन्तर्गत बुधबार दुई खेल हुँदैछन्। दिनको पहिलो खेलमा विहान ९:३० बजे ललितपुर पेट्रिएट्स र पोखरा राइनोज तथा दोश्रो खेलमा दिउसो १:३ बजे भैरहवा ग्ल्याडीएटर्स र बिराटनगर वारियर्सले प्रतिस्पर्धा गर्दैछन्।

आजको दुवै खेल पनि हिजोको वर्षाको कारण नहुने सम्भावना प्रवल रहेको छ। पछिल्लो ३ दिन देखि लगातार वर्षाको कारण टियु मैदानको आउटफिल्ड सुक्न पाएको छैन। आज दिनभर घाम लागेको खण्डमा मात्र दिउसोको खेल सम्भव हुनसक्छ। तर मौसम पूर्वानुमान अनुसार आज दिउँसो पनि पानि पर्नेछ। त्यसैकारण आजको दुवै खेल पुनः स्थगित हुने सम्भावना देखिन्छ।

आजको दुई खेल स्थगित भएको खण्डमा दुवै खेल नयाँ मितिमा खेलाइने बताईएको छ। यस अघि सोमबार र मंगलबार स्थगित भएका तिन वटा खेलको नयाँ मिति सार्वजनिक भैसकेको छ। आज पनि एक बल पनि नभई खेल स्थगित हुने सम्भावना प्रवल हुँदा पुनः आयोजकले आज राति नयाँ खेलतालिका सार्वजनिक गर्न सक्नेछ। विकेटनेपाललाई प्राप्त जानकारी अनुसार भोलि बिहिबार देखि हुने खेलहरु भने स्थगित नभएको खण्डमा टिमहरुले अंक बाँड्नेछन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केहि दिन नियमित वर्षाको सम्भावना रहेको छ। त्यसैले ईपीएलको अरु खेलहरु पनि रोकिन सक्ने देखिन्छ। शुक्रबारसम्म पनि मौसमको अवस्था यस्तै रहने अनुमान छ।

मैदान सुक्न किन लाग्दैछ धेरै समय ? 

तिन दिन देखिको लगातार वर्षाको कारण टियु मैदानको आउटफिल्ड सुक्न पाएको छैन जसकारण खेल स्थगित हुँदै आएको छ। आइतबारको भैरहवा र पोखरा बीचको खेल वर्षाले बीचमा रोकिंदा दुवै टिमले अंक बाँडेका थिए। त्यसपछि लगातार दुई दिनको तिन वटा खेल मैदान नसुकेपछि स्थगितनै गर्नुपरेको हो।

टियु मैदानलाई सुन्दर देखिन मैदानको घाँस फेदसम्म काट्दा त्यसले राम्रोसंग पानि सोस्न सकीरहेको छैन। मैदानमा टेक्दा पानि निस्कीरहेको अवस्था छ। पहिले जस्तो मैदानको पानि सोस्ने क्षमता पनि घटीरहेको छ त्यसैले घाम लाग्दा समेत सुक्न समय लागिरहेको छ। अर्कोतर्फ मैदानमा पानि सुकाउने आधुनिक ‘सुपर सोपर’ पनि नहुँदा सुकाउन मैदानका कर्मचारीहरुलाई निकै समय लाग्ने गरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy