EPL : चलेन बिराटनगरको ब्याटिंग , भैरहवालाई सामान्य लक्ष्य

२०७८ आश्विन १३, बुधबार १५:३३

एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत लिगको पाँचौ खेल तथा बुधबारको दोश्रो खेलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स र करन केसी कप्तानीको काठमाडौँ किंग्स-११ प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदान किर्तिपुरमा टस हारेर ब्याटिंग गरेको बिराटनगर वारियर्सले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाउदै भैरहवालाई ९० रनको लक्ष्य प्रस्तुत गरेको छ। बिराटनगरको लागि दिलशान मुनविराले सर्वाधिक ३५ रन बनाए भने सुमित महर्जनले १३, आसिफ शेख र अनिल शाहले समान ११ रन तथा बसन्त रेग्मीले अविजित १० रन बनाए। सिकन्दर रजाले ५ रन, सौरभ खनालले ३ रन बनाए भने चन्द्रपौल हेमराज र करन केसीले खाता खोल्न सकेनन्।

भैरहवाको बलिंगमा श्रीलंकन फास्ट बलर धम्मिका प्रशाद ( ३-१-६-३ ) र आरिफ शेखले ( ३-०-२३-३ ) ले समान ३ विकेट, अविनाश बोहराले २ विकेट ( ३.४-०-२३-२ ) तथा दुर्गेश गुप्तार कृष्ण कार्कीले समान १ विकेट लिए।

लिग अन्तर्गत पहिलो खेलमा बिराटनगर चितवन टाइगर्ससंग २ विकेटले पराजित भएको थियो भने भैरहवा र पोखरा बीचको खेल नतिजाविहिन रहंदा एक/एक अंक बाँडेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy