IPL : केएल राहुलको उत्कृस्ट ब्याटिंग, पन्जाबद्वारा कोलकाता पराजित

२०७८ आश्विन १५, शुक्रबार २३:५३

कप्तान केएल राहुलले उत्कृस्ट ब्याटिंग गर्दा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै पन्जाब आईपीएल अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १६६ रनको लक्ष्य पन्जाबले ३ बल बाँकी रहंदा पुरा गर्यो। जितमा पन्जाब कप्तान केएल राहुलले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ५५ बलमा ४ चौका र २ छक्का प्रहार गरे। मायाँक अग्रवालले २७ बलमा ३ चौका र ३ छक्का मद्दतले ४० रन, शाहरुख खानले ९ बलमा १ चौका र २ छक्का मद्दतले अविजित २२ रन तथा एडेन मारक्रमले १८ रन बनाए।

राहुल र अग्रवालले ७० रनको ओपनिंग साझेदारी गरेका थिए। वरुण चक्रवर्तीले अग्रवाल र निकोलस पुरनलाई पेभेलियन फर्काए। तेश्रो विकेटको लागि राहुलले एडेन मारक्रमसंग ४५ रन जोडे। १६ औं ओभरमा मारक्रमलाई नारायणले क्याच आउट गरे। लगत्तै ओभरमा दिपक हुडा आउट भएपछि राहुलले शाहरुख खानसंग २८ रन जोडे। जितको लागि ४ रन आवस्यक हुँदा राहुल अन्तिम ओभरको दोश्रो बलमा आउट भए। त्यसपछि भेंकटेसको बलमा शाहरुख खानले छक्का प्रहार गर्दै खेल जिताए।

कोलकाताको बलिंगमा वरुण चक्रवर्तीले २ विकेट ( ४-०-२४-२ ) लिए भने शिभम माभी, सुनिल नारायण र भेंकटेस ऐयरले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १६५ रन बनाएको थियो। उसको लागि भेंकटेस ऐयरले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ४९ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यस्तै राहुल त्रिपाठीले ३४ तथा नितिश रानाले ३१ रन बनाए। ऐयरले दोश्रो विकेटको लागि त्रिपाठीसंग ७२ रनको साझेदारी गरेका थिए।

पन्जाबको बलिंगमा अर्शदिप सिंहले सर्वाधिक ३ विकेट ( ४-०-३२-३ ) लिए भने रभी बिस्नोईले २ ( ४-०-२२-२ ) तथा मोहम्मद शामीले १ विकेट ( ४-०-२३-१ ) लिए।

जितपछि पन्जाब किंग्स १२ खेलमा ५ जित र ७ हार बेहोर्दै १० अंक सहित अंकतालिकामा पाँचौ स्थानमा छ। हारपछि कोलकाता समान जित र हार पछि समान अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै चौंथो स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy