ब्याटिंगमा शुबमन गिल तथा बलिंगमा स्पिनरहरुले उत्कृस्ट योगदान दिंदा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्सले छैठौं जित दर्ता गर्न सफल भएको छ।
युएईमा जारी आईपीएल अन्तर्गत गय राति सम्पन्न ४९ औं खेलमा हैदरावादले दिएको ११६ रनको लक्ष्य कोलकाताल ४ विकेट क्षेतीमा २ बल बाँकी रहंदा भेटायो।
कोलकाता ओपनर शुबमन गिलले जितमा सर्वाधिक ५७ रन योगदान दिए जुन क्रममा उनले ५१ बलमा १० चौका प्रहार गरे। नितिश रानाले २५ तथा दिनेश कार्तिकले अविजित १८ रन बनाए। हैदरावादको बलिंगमा जेसन होल्डरले २ तथा राशिद खान र सिद्धार्थ कौलले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको हैदरावादले निर्धारित ओभरमा ८ विकेट क्षेतीमा ११५ रन बनाएको थियो। उसको लागि कप्तान केन विलियमसनले सर्वाधिक २६ रन बनाए भने अब्दुल सामदले २५, प्रियम गर्गले २१ तथा जेसन रोयले १० रन बनाए।
कोलकाताको बलिंगमा टिम साउदी ( ४-०-२६-२ ) , शिभम माभी ( ४-०-२९-२ ) र वरुण चक्रवर्ती ( ४-०-२६-२ ) ले समान २ विकेट तथा शाकिब अल हसनले १ विकेट ( ४-०-२०-१ ) लिए।
१३ खेलमा छैठौं जित पछि कोलकाता १२ अंक सहित चौंथो स्थानमा यथावत रेहको छ। पन्जाब, राजस्थान र मुम्बई १० अंक सहित पाँचौ, छैठौं र सातौँ स्थानमा छ। चेन्नाई, दिल्ली र बैंगलोरले प्लेअफमा स्थान बनाईसकेका छन् भने अर्को एक टिमको टुंगो लागेको छैन।

