EPL : आज पनि दुई खेल हुँदै, चितवनलाई भैरहवाको चुनौती, काठमाडौँलाई जितको प्रतीक्षा

काठमाडौँमा जारि चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत आज सोमबार पनि दुई खेल हुँदैछन्।

दिनको पहिलो खेल विहान ९:३० बजे सोमपाल कामि कप्तानीको चितवन टाइगर्स र शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्स बीच तथा दोश्रो खेल दिउँसो १:३० बजे बिनोद भण्डारी कप्तानीको पोखरा राइनोज र सन्दिप लामिछाने कप्तानीको काठमाडौं किंग्स-११ बीच खेलिनेछ।

लिग अंक तालिकामा पहिलो स्थानमा रहेको चितवनलाई भैरहवासंगको जित र हारले कुनै फरक पार्ने छैन। ४ वटै खेलमा अपराजित रहँदै ८ अंक रहेकोले चितवन शिर्ष स्थानमै रहेर प्ले अफ पुग्ने सम्भावना प्रवल देखिएको छ। भैरहवाले चितवनलाई पराजित गर्दै दुवै खेल जितेको खण्डमा भने चितवन दोश्रो स्थानमा झर्न सक्छ। पहिलो र दोश्रो स्थानमा हुने टिमले प्लेअफमा पहिलो क्वालीफायर खेल्नेछ जुन खेल जित्ने टिम सोझै फाइनल पुग्नेछ। भैरहवा लिगमा चितवन पछि मात्र दोश्रो अपराजित टोलि हो जसले ३ खेल खेल्दा १ जित दर्ता गरेको छ भने एउटा खेल टाई हुँदा अर्को खेल वर्षाले नतिजाविहिन रहेको थियो।

अर्कोतर्फ काठमाडौँ किंग्स-११ को लागि आजको जित प्लेअफ प्रवेशको लागि महत्वपूर्ण रहेको छ। २ खेल खेल्न बाँकी रहेको काठमाडौँले ३ अंकको साथ चौंथो स्थानमा रहेको ललितपुर पेट्रिएट्सलाई पछि पार्दै प्लेअफमा स्थान पक्का एउटा जित आवस्यक रहेको छ। दुवै खेलमा काठमाडौँ पराजित भएको खण्डमा काठमाडौँ प्लेअफ पुग्न असफल हुनेछ र ललितपुर प्लेअफ पुग्नेछ। बिराटनगर भने ५ खेलमा १ मात्र जित पछि लिगबाट बाहिर भइसकेको छ।

पोखरा राईनोजले आज काठमाडौँलाई पराजित गरे शिर्ष-२ स्थानमा रहँदै प्लेअफ पुग्ने सम्भावना बलियो हुनेछ। पोखरा आज जित्ने र भैरहवाले बाँकि २ खेलमा एउटा खेलमा हार बेहोर्ने हो भने पोखराले पहिलो क्वालीफायरमा चितवनसंग खेल्ने पक्का हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]