नयाँ प्रशिक्षकको लागि क्यानले आवेदन माग गर्ने, यस्ता छन् कार्यसमिति बैठकका निर्णयहरु

२०७८ आश्विन २१, बिहीबार १३:३३

नेपाल क्रिकेट संघको असोज २० र २१ गते काठमाडौँमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ। क्यानले बिज्ञप्ति जारि गर्दै बैठकका निर्णयहरु सार्वजनिक गरेको हो।

गत साता आफ्नो पदबाट राजिनामा दिएका क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलको राजिनामा बैठकले स्वीकृत गर्दै रिक्त पदमा केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गरिएको छ। यस्तै क्यानले आफ्नो वार्षिक साधारण सभा यो वर्ष डिसेम्बर १५ मा सम्पन्न गर्ने निर्णय गरेको छ।

नेपाल क्रिकेट संघको विधान बमोजिम कर्णाली प्रदेशमा प्रदेश मातहत न्यूनतम ४ जिल्ला हुनुपर्ने वैधानिक व्यवस्था बम्प्जिम कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई जिल्लाको मान्यता दिने समेत निर्णय गरिएको छ।

यस्तै क्यानले राष्ट्रिय टिमको रिक्त रहेको मुख्य प्रशिक्षक पदको लागि एक हफ्ता भित्र १५ दिने समय सिमा तोक्दै आवेदन माग गर्ने पनि निर्णय गरेको छ। गत महिना ओमान भ्रमण पछि डेभ व्हाटमोरले राजिनामा दिएपछि नयाँ प्रशिक्षक नियुक्त गरिएको छैन।

यस्तै क्यानले नेपाल टि-२० लिग आयोजना गर्नको लागि भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्ससंग गरेको सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाउने भएको छ। नेपाल सरकारले हालसम्म अनुमादी प्रदान गरेको साथै सो कम्पनिले सरकारको अनुमति पूर्व गर्नुपर्ने सम्झौता अनुरुपका कार्यहरु सम्पन्न गर्न नसकेको हुँदा त्यस्तो निर्णय गरिएको हो।

यस्तै यो वर्ष नोभेम्बरमा युएईमा आयोजना हुने आईसीसी टि-२० विश्वकप एसियाली छनोट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षक अक्टोबर २० तारिख देखि काठमाडौँमा संचालन गर्ने समेत निर्णय गरिएको छ। क्यानले यस अघि बिभिन्न ठाउँमा छुट्टाछुट्टै प्रशिक्षण क्याम्प आयोजना गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy