दोश्रो क्वालीफायरमा भैरहवा ग्ल्याडीएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक एभरेष्ट प्रिमियर लिग टि-ट्वान्टीको फाइनल पुगेको छ। लिगको फाइनल शनिवार चितवन टाइगर्स र पोखरा राइनोज बीच खेलिनेछ। चितवन र पोखरा दुवै टिम पहिलो पटक ईपीएलको फाइनल पुगेका हुन्।
टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा भैरहवा ग्ल्याडीएटर्सले दिएको १२० रनको लक्ष्य पोखरा राइनोजले १० बल बाँकी रहँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो। भैरहवा पहिलो पटक ईपीएलको फाइनल पुग्न असफल भएको हो।
लक्ष्य पछ्याउने क्रममा पोखरा राइनोजका श्रीलंकन ब्याट्सम्यान सहान आराचिगेले सर्वाधिक ५३ रन बनाए जुन क्रममा अविजित रहेका उनले ४४ बलमा ७ चौका प्रहार गरे। यस्तै बिपिन रावलले अविजित ४० रन बनाए जुन क्रममा ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। सुरुवाती ३ विकेट ३५ रनमा गुमेपछि चौंथो विकेटको लागि आराचिगे र रावलले अविजित ८७ रनको साझेदारी गरे। भैरहवाको बलिंगमा भुवन कार्कीले २ विकेट ( ३-१-१६-२ ) लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो।
भैरहवाको लागि कप्तान शरद भेसावकरले सर्वाधिक ३२ रन बनाए जुन क्रममा अविजित रहने क्रममा ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै आरिफ शेखले २७, रोहित पौडेलले १८, प्रदिप ऐरीले ११ तथा उपुल थारांगाले १० रन बनाए। ५१ रनको योगफलमा ५ विकेट गुमाएको अवस्थामा कप्तान शरद भेसावकर र आरिफ शेखले ४१ रनको साझेदारी गरे। आरिफको विकेटपछि शरदले धम्मिका प्रशादसंग सातौं विकेटको लागि
पोखरा राइनोजको बलिंगमा किशोर महतो ( ४-१-२१-२ ) , सहान अरचिगे ( ४-०-१५-२ ) ले समान २ विकेट तथा असला गुनरत्ने ( २-०-१२-१) र नन्दन यादवले ( ४-१-१९-१ ) समान १ विकेट लिए।
