युएईमा जारि आईपीएलको ५५ औं खेलमा मुम्बई इन्डीएन्सले सनराइजर्स हैदरावादलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।
शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा २३५ रन बनाउदै हैदरावादलाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको हो। यो योगफल मुम्बईको आईपीएल इतिहासकै सबैभन्दा ठुलो योगफल हो। यस अघि मुम्बईले २०१७ मा पन्जाब बिरुद्ध २२३ रन बनाएको थियो जुन रेकर्ड आज तोडिएको हो।
प्लेअफ पुग्न मुम्बईले आजको खेल १७१ रनले पराजित गर्नुपर्नेछ त्यसो भएमा कोलकातालाई नेट रन रेटमा पछि पार्न सकिनेछ। त्यसैले अब मुम्बईले हैदरावादलाई ६५ या त्यो भन्दा कम रनमा समेट्नु पर्नेछ।
मुम्बईको ब्याटिंगमा ओपनर इशान किशनले सर्वाधिक ८४ रन तथा सुर्यकुमार यादवले ८२ रन बनाए। किशनले ३२ बलमा ११ चौका र ४ छक्का तथा यादवले ४० बलमा १३ चौका र ३ छक्का प्रहार गरे। रोहित शर्माले १८, काईरन पोलार्डले १३ तथा हार्दिक पान्ड्याले १३ रन योगदान दिए।
आक्रामक ब्याटिंग गरेका किशनले मात्र १६ बलमा अर्धशतक पुरा गरेका थिए जुन मुम्बईको लागि आईपीएल इतिहासकै छिटो अर्धशतक हो। किशनले पावरप्लेको ६ ओभरमै ६३ रन बनाएका थिए जुन आईपीएल इतिहासमै पावरप्लेको ६ ओभर भित्र बनाएको तेश्रो सर्वाधिक रन हो। यस्तै इनिंग्सको पहिलो ४ ओभरमा अर्धशतक बनाउने किशन मात्र दोश्रो ब्याट्सम्यान हुन्। यस अघि २०१८ र २०१९ मा केएल राहुलले दिल्ली बिरुद्ध २.५ ओभरमा र चेन्नाई बिरुद्ध ४ ओभरमा अर्धशतक पुरा गरेका थिए।
हैदरावादको बलिंगमा जेसन होल्डरले सर्वाधिक ४ विकेट ( ४-०-५२-२ ) लिए। यस्तै राशिद खान ( ४-०-४०-२ ) र अभिषेक शर्मा ( १-०-४-२ ) ले समान २ विकेट र उम्रान मलिकले १ विकेट ( ४-०-४८-१ ) लिए।
