स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को प्लेयर अफ द मन्थ घोषित भएका छन्।
सन्दिप सहित बंगलादेशका देब्रे हाते स्पिनर नसुम एहमद र अमेरिकी ब्याट्सम्यान जस्करन मलहोत्रा प्लेयर अफ द मन्थको मनोनयनमा परेका थिए। दुई क्रिकेटरलाई पछि पार्दै नेपाली स्पिनर पहिलो पटक आईसीसी प्लेयर अफ द मन्थ घोषित भएका हुन्। भोटको आधारमा सन्दिप प्लेयर अफ द मन्थ चुनिएका हुन्।
सन्दिप आईसीसीको प्लेयर अफ द मन्थ जित्ने पहिलो एसोसिएट राष्ट्रको पहिलो क्रिकेटर बन्न सफल भएका छन्। यस अघि कुशल भुर्तेल यो वर्ष अप्रिलको प्लेयर अफ द मन्थ मनोनयनमा परेता पनि जित्न भने सकेका थिएनन्। आईसीसीले प्लेयर अफ द मन्थ घोषित गर्न थालेको यसै वर्ष जनवरी देखि हो।
💥 Spin-tastic bowling
💥 Leading from the frontSome brilliant performances saw these stars being voted as the Men’s and Women’s #ICCPOTM for September!
Find out who they are 👇
— ICC (@ICC) October 11, 2021
सेप्टेम्बरमा नेपालको ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीसंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा त्यसपछि ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सन्दिपले उच्च प्रदर्शन गरेका थिए। उक्त भ्रमणमा सन्दिपले बलिंग गरेको ५ खेलमा १८ विकेट लिएका थिए। त्यसक्रममा सन्दिपले पपुवा न्यु गिनीसंग एकै क्खेलमा मात्र ११ रन खर्चेर ६ विकेट लिंदै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै उत्कृस्ट स्पेल दर्ता गरेका थिए।
सन्दिप लामिछाने आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय बलिंग वरियतामा शिर्ष एक सयमा स्थान बनाउने पहिलो नेपाली खेलाडी हुन्। उनि हाल एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको ७९ औं स्थानमा रहेका छन्। यस्तै सन्दिप टि-२० अन्तर्राष्ट्रिय वरियतामा ८२ औं स्थानमा छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलमा ४१ तथा टि-२० अन्तर्राष्ट्रियमा २६ खेलमा ५७ विकेट लिएका सन्दिप दुवै फर्म्याटमा नेपालको सर्वाधिक विकेटकर्ता हुन्।
