रोयल च्यालेन्जर्स बैंगलोरको लागि कप्तानको रुपमा अन्तिम प्रतियोगिता खेलीरहेका बिराट कोहलीले आफ्नो टिमलाई पहिलो आईपीएल उपाधि जिताउने अपेक्षा उनका फ्यानहरुले गरका थिए। तर कोलकाता नाइट राइडर्ससंग ४ विकेटले इलिमीनेटरमा पराजित हुँदा त्यो अपेक्षा पुरा हुन सकेन। शारजाह मैदानमा बैंगलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी रहँदै भेटायो।
खेलपछि कुराकानी गर्ने क्रममा बिराट कोहलीले हार पछाडीको कारण बताए – “उनीहरुको स्पिनर बिचको ओभरमा हावी भए जहाँ उनीहरुले निरन्तर विकेट लिए। “नारायण सधैं स्तरीय बलर हुन् र आज पुनः उनले आईपीएलको सबैभन्दा निरन्तर सफल बलर हुन् भन्ने प्रमाणित गरे। उनि मात्र हैन शाकिब, वरुण तिन जनाले संयुक्तरुपमा राम्रो बलिंग गरे। उनीहरुले हाम्रो ब्याट्सम्यानमा दबाब बनाए र ठूलो सट खेन रोके।” ४९ रनमा पहिलो विकेट गुमाएको बैंगलोरको ब्याटिंग सुनिल नारायणले ४ विकेट लिंदै तहसनहस परेका थिए भने वरुण चक्रवर्ती र शाकिब अल हसनले कसिलो बलिंग गरे। टिमको लागि सर्वाधिक ३९ रन बनाएका कोहलीलाई नारायणले बोल्ड गरेका थिए।
“हामीले राम्रो सुरुवात गरेका थियौं जसलाई निरन्तरता दिन सक्नुपर्थ्यो। बीचको ठूलो ओभरले गर्दा फरक पार्यो। हामीले अन्तिमसम्म लड्यौं। तर ब्याटिंगमा १५ रन कम बनायौं भने बलिंगमा १-२ वटा महँगो ओभरले गर्दा भिन्नता पार्यो।” दोश्रो इनिंग्सको १२ औं ओभरमा ड्यानियल क्रिस्चियनले एकै ओभरमा २२ रन खर्चेपछि कोलकाताको जित सहज बनेको थियो।
२०१३ पछि बैंगलोरको कप्तानी गरेका कोहलीले टिम कप्तानको रुपमा अन्तिम खेल खेलेका हुन्। उनले यो अवधिमा आफ्नो तर्फबाट उत्कृस्ट प्रयास गरेको बताए – “मैले मेरोतर्फबाट युवा खेलाडीहरु आएर खुलेर क्रिकेट खेल्ने कल्चर बनाउन प्रयास गरे। यही कुरा भारतको लागि समेत प्रयास गरेको छु। म यति मात्र भन्न सक्छु कि मैले उत्कृस्ट प्रयास गरेको छु। मैले फ़्रेन्चाइजको लिग १२० प्रतिशत दिएको छु र अझै पनि दिने छु। आगामी ३ वर्षको लागि पुनः फ़्रेन्चाइजलाई संगठित गर्ने उपयुक्त समय हो।
उनले बैंगलोरको लागि खेल्न जारि राख्ने बताए – “म पक्कै पनि बैंगलोरको लागि खेलीरहनेछु। मेरो लागि इमान्दारिता प्रमुख हो। म अन्तिम दिनसम्म पनि बैंगलोरको लागि आईपीएल खेल्नेछु।”
बैंगलोरको कप्तानको रुपमा कोहलीले १४० खेल खेल्ने क्रममा ६६ खेल जिते भने ७० खेलमा हार बेहोर्दा ४ खेल नतिजाविहिन रह्यो। यस क्रममा २०१६ मा एक पटक बैंगलोर फाइनल पुग्न सक्यो भने कुनै पनि उपाधि जित्न सकेन। २०१७ र २०१९ को सिजनमा बैंगलोर अंकतालिकाको पुछारमा रह्यो।
