T20WC : श्रीलंकाको कीर्तिमानी जित, नेदरल्याण्डको लज्जास्पद प्रदर्शन,

नेदरल्याण्डलाई किर्तिमानी अन्तरले पराजित गर्दै श्रीलंका समुह ‘ए’ को विजेताको रुपमा २०२१ टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण प्रवेश गरेको छ। समुह चरणमा श्रीलंकाले सबै तिन खेलमा जित दर्ता गर्यो भने नेदरल्याण्ड तिन वटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिरियो। समुह ‘ए’ को उपविजेताको रुपमा नामिबिया सुपर-१२ प्रवेश गर्यो भने आयरल्याण्ड पहिलो चरणबाट बाहिरियो।

सुपर-१२ चरणमा श्रीलंका समुह ‘१’ मा रहेको छ जुन समुहमा अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड,  दक्षिण अफ्रीका र वेस्टइन्डिज रहेका छन्। नामिबिया समुह ‘२’ मा अफगानिस्तान, भारत, न्युजिल्यान्ड, पाकिस्तान र स्कटल्याण्डसंगै रहेको छ। दुवै समुहमा रहेका टिमहरुले एक-अर्कासंग एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ। समुह ‘बि’ बाट स्कटल्याण्ड र बंगलादेश सुपर-१२ चरण प्रवेश गरिसकेका छन्।

युएईको शारजाह स्टेडियममा नेदरल्याण्डले दिएको ४५ रनको झिनो लक्ष्य श्रीलंकाले मात्र २ विकेट गुमाएर ७.१ ओभरमै पुरा गर्यो। ओपनर कुशल परेराले अविजित ३३ रन बनाए जुन क्रममा २४ बलमा ६ चौका प्रहार गरे।  ७७ बल बाँकी रहँदै श्रीलंकाको जित बल बाँकी रहेको आधारमा टि-२० विश्वकप इतिहासकै दोश्रो ठूलो जित हो। २०१४ मा श्रीलंकाले नेदरल्याण्डले दिएको ४० रनको लक्ष्य ९० बल बाँकी रहँदै भेटाएको थियो जुन सर्वाधिक ठूलो जित हो।

टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले १० ओभरमा सबै विकेट गुमाएर ४४ रन मात्र बनाएको थियो। यो योगफल टि-ट्वान्टी विश्वकप इतिहासकै दोश्रो कम योगफल हो। नेदरल्याण्ड बाहेक अन्य टिम टि-२० विश्वकपमा ५० भन्दा मुनि समेटिएको छैन। यस अघि सन् २०१४ टि-२० विश्वकपमा नेदरल्याण्ड श्रीलंकासंगनै १०.३ ओभरमा ३९ रनमा समेटिएको थियो जुन खेल श्रीलंकाले ५ ओभरमा ९ विकेटले जितेको थियो।

कोलिन एंकरम्यानको ११ रन बाहेक अन्य डच ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।श्रीलंकाको बलिंगमा लाहिरु कुमारा ( ३-१-७-३ ) र वानिन्दु हसंरंगा ( ३-०-९-३ ) ले समान ३ विकेट , महेश तिक्षणाले २ विकेट ( १-०-३-२ ) तथा दुश्मन्था चमिराले १ विकेट ( २-०-१३-१ ) लिए।

सुपर-१२ चरणमा श्रीलंकाले अक्टोबर २४ तारिखमा बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ भने अक्टोबर २८मा अस्ट्रेलियासंग, अक्टोबर ३० मा दक्षिण अफ्रीकासंग, नोभेम्बर १ मा इंग्ल्यान्डसंग तथा नोभेम्बर ४ मा वेस्टइन्डिजसंग प्रतिस्पर्धा गर्नेछ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]