T20WC : अफ्रिदीको घातक बलिंग, संकटमा कोहलीले उत्कृस्ट ब्याटिंग गर्दा भारतको मध्यम योगफल

२०७८ कार्तिक ७, आईतवार २१:३५

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरण अन्तर्गतको खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५१ रन बनाउदै पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। कोहली टि-ट्वान्टी विश्वकपमा सर्वाधिक ५० माथिको स्कोर बनाउने ब्याट्सम्यान बनेका छन्। दशौँ अर्धशतक बनाउदै उनले ९ अर्धशतक बनाएका क्रिस गेललाई पछि परेका हुन्। यस्तै रिशभ पन्तले ३० बलमा २ चौका र २ छक्का मद्दतले ३९ रन बनाए। रभीन्द्र जडेजाले १३ तथा सुर्यकुमार यादव र हार्दिक पान्ड्याले समान ११ रन बनाए।

भारतको सुरुवात खराब रह्यो। पहिलो ओभरमा खाता नखोल्दै रोहित शर्मा तथा तेश्रो ओभरमा ३ रन बनाएका केएल राहुललाई शाहिन अफ्रिदीले क्रमशः एलबिडब्लु र बोल्ड गरे। छैठौं ओभरमा हसन अलिले ११ रन बनाएका सुर्यकुमार यादवलाई विकेटपछाडी क्याच आउट गराए। पावरप्लेमा भारतले ३६ रन बनाउदा ३ विकेट गुमायो।

कप्तान बिराट कोहलीले अर्धशतक बनाए

चौंथो विकेटको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका कप्तान कोहली र रिशभ पन्तले अर्धशतकीय साझेदारी गर्दै स्थिरता दिए। साझेदारी खतरनाक देखिएकै बेला तेह्रौं ओभरमा पन्तलाई शदाब खानले आफैद्वारा क्याच आउट गराए। कोहलीले त्यसपछि रभीन्द्र जडेजासंग ४१ रनको साझेदारी गरे। अठारौं भरमा जडेजालाई हसन अलिले क्याच आउट परे। लगत्तै ओभरमा कोहलीलाई शाहिन अफ्रिदीले विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट पारे। तर उक्त ओभरमा अफ्रिदीले १७ रन खर्चिए जसमा नो बलमा एउटा चौका तथा ओभरथ्रोको रुपमा बाईको रुपमा ४ रन सामेल रह्यो। अन्तिम ओभरमा हरिस रौफले मात्र ७ रन खर्चेर हार्दिक पान्ड्याको विकेट लिए। अन्तिम ५ ओभरमा भारतले ३ विकेट गुमाएर ५१ रन बनायो।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३१ रन खर्चिए।हसन अलिले २ विकेट ( ४-०-४४-२ ) तथा हरिस रौफ ( ४-०-२५-१ ) र शदाव खानले ( ४-०-२२-१ ) समान एक विकेट लिए।

आईसीसीको कुनै पनि फर्म्याटको विश्वकपमा भारतलाई पाकिस्तानले पराजित गर्न सकेको छैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy