T20WC : खराब सुरुवातका बाबजुद वेस्टइन्डिजको प्रतिस्पर्धात्मक लक्ष्य

२०७८ कार्तिक १२, शुक्रबार १७:५१

आईसीसी टि-२० विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गतको खेलमा वेस्टईन्दिज र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्। शारजाह स्टेडियममा जारी खेलमा टस हारेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट क्षेतीमा १४२ रन बनाउदै बंगलादेशलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

वेस्टइन्डिजको लागि निकोलस पुरनले सर्वाधिक ४० रन तथा रोस्टन चेजले ३९ रन बनाए। पुरनले २२ बलमा १ चौका र ४ छक्का तथा चेजले ४६ बलमा २ चौका प्रहार गरे। कप्तान काईरन पोलार्डले १८ बलमा अविजित १४ रन तथा जेसन होल्डरले ५ बलमा अविजित १५ रन बनाए। क्रिस गेल ४, इभिन लुइस ६ शिमरन हेटमायर ९ , आन्द्रे रसेल खाता नखोली तथा ड्वेन ब्राभो १ रन बनाएर आउट भए।

खराब सुरुवात गरेको वेस्टइन्डिजले ६२ रनमा ४ विकेट गुमाएको थियो। चेजले पुरनसंग पाँचौ विकेटकको लागि ५७ रनको साझेदारी गरे। पहिलो १४ ओभरमा ७०/४ को अवस्थामा रहेको वेस्टइन्डिजले अन्तिम ६ ओभरमा ३ विकेट गुमाएर ७२ रन बनायो।

बंगलादेशको बलिंगमा मेहदी हसन ( ४-०-२७-२ ) , मुस्तफिजुर रहमान ( ४-०-४३-२ ) र शोरीफुल इश्लामले ( ४-०-२०-२ ) समान दुई विकेट लिए।

वेस्टइन्डिज र बंगलादेश अघिल्लो दुवै खेलमा पराजित भएका थिए जसकारण आज दुवै टिमको लागि समुहको शिर्ष-२ मा स्थान बनाउदै सेमीफाइनल पुग्ने सम्भावना जीवित राख्न जित अत्यावश्यक छ। आज पराजित भएको खण्डमा सेमीफाइनल यात्रा निकै कठिन हुनेछ। वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसंग ६ विकेटले तथा दोश्रो खेलमा दक्षिण अफ्रीकासंग ८ विकेटले पराजित भएको थियो। सुपर-१२ चरणको पहिलो खेलमा बंगलादेश श्रीलंकासंग ५ विकटले तथा इंग्ल्यान्डसंग ८ विकेटले पराजित भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy