T20 World Cup : आज दुई महत्वपूर्ण खेलहरु हुँदै

२०७८ कार्तिक १३, शनिबार ११:५१

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत आज शनिवार सुपर-१२ चरणको दुई खेलहरु हुँदैछन्।

दिनको पहिलो खेल शारजाह क्रिकेट स्टेडियममा दिउँसो ३:४५ बजे समुह ‘१’ का टिम दक्षिण अफ्रीका र श्रीलंका बीच खेलिनेछ। दोश्रो खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७:४५ बजे समुह ‘१’ कै टिम इंग्ल्यान्ड र अस्ट्रेलिया बीच खेलिनेछ।

पहिलो खेलमा अस्ट्रेलियासंग ५ विकेटको हार पछि दोश्रो खेलमा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै लय पाएको दक्षिण अफ्रीका सामु आज जित्दै शिर्ष-२ मा उक्लने मौका छ। अर्कोतर्फ पहिलो खेलमा बंगलादेश बिरुद्ध ५ विकेटको जित पछि दोश्रो खेलमा अस्ट्रेलियासंग ७ विकेटले पराजित श्रीलंका पुनः जितको लय चाहन्छ। आज पराजित हुने टिमको सेमीफाइनल यात्रा कठिन हुन सक्नेछ।

हेड टु हेड : श्रीलंका र दक्षिण अफ्रीका बीच हालसम १६ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिएका छन् जसमध्ये १६ वटा दक्षिण अफ्रीकाले जितेको छ भने ५ वटा श्रीलंकाले जितेको छ। टि-ट्वान्टी विश्वकपमा खेलिएको ३ खेलमा दक्षिण अफ्रीका २ तथा श्रीलंका १ खेलमा विजयी भएको छ। अन्तिम पटक २०१६ टि-२० विश्वकपमा भएको भेटमा दक्षिण अफ्रीकाले ८ विकेटको सहज जित दर्ता गरेको थियो। दुई टिम बीच पछिल्लो ६ टि-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रीकाले श्रीलंकालाई सबै खेलमा पराजित गरेको छ।

दक्षिण अफ्रीकाको सम्भावित ११ : तेम्बा बभुमा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , रसि भान डर डुसेन, एडेन मारक्रम, डेभिड मिलर, रेजा हेन्ड्रिक्स, ड्वेन प्रितोरियस, कागीसो रबाडा, केशव महाराज, एनरिक् नोर्किया, तब्रेज शाम्सी

श्रीलंकाको सम्भावित ११ : पथुम निसंका, कुशल परेरा ( विकेटकिपर ) , चरिथ असलंका, अभिस्का फर्नान्डो, भानुका राजापक्ष, वानिन्दु हसरंगा, दासुन शनाका ( कप्तान ) , चमिका करुनारत्ने, दुश्मन्था चमिरा, लाहिरु कुमारा, महेश तिक्षना

आफ्नो दुवै खेलमा जित दर्ता गरेका इंग्ल्यान्ड र अस्ट्रेलिया मध्ये आज एउटा टिम पराजित हुनुपर्नेछ। इंग्ल्यान्डले वेस्टइन्डिजलाई ६ विकेटले र बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले तथा श्रीलंकालाई ७ विकेटले पराजित गरेको थियो। आज जित्ने टिमको सेमीफाइनल पुग्ने सम्भावना निश्चित जसो हुनेछ।

हेड टु हेड : दुई टिम बीच इतिहासमा खेलिएको १९ वटा टि-२० अन्तर्राष्ट्रिय मध्ये अस्ट्रेलिया १० खेलमा तथा इंग्ल्यान्ड ८ खेलमा विजयी हुँदा एक खेल नतिजाविहिन रहेको थियो। यस्तै टि-२० विश्वकपमा खेलिएको दुई खेलमा दुवै टिमले समान एक खेल जितेका छन्। अन्तिम पटक दुई टिम बीच २०१० को टि-२० विश्वकपमा भेट हुँदा इंग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले पराजित गरेको थियो। अन्तिम ५ टि-२० अन्तर्राष्ट्रियको कुरा गर्ने हो भने इंग्ल्यान्डले ४ खेलमा तथा अस्ट्रेलियाले मात्र १ खेलमा जित दर्ता गरेको छ।

इंग्ल्यान्डको सम्भावित ११ : जेसन रोय, जोस बटलर( विकेटकिपर ), डेबिड मलान, जोनी बेयरस्टो, ओएन मोर्गन ( कप्तान ), लियाम लिभिंगस्टोन, मोईन अलि, क्रिस वोक्स, क्रिस जोर्डन, आदील रशिद, टाईमल मिल्स

अस्ट्रेलियाको सम्भावित ११ : डेभिड वार्नर, आरोन फिंच ( कप्तान ) , ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मार्कस स्टोइनिस, मिचेल मार्श, म्याथु वेड( विकेटकिपर ), प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलउड

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy