T20WC : बटलरको शानदार शतक, इंग्ल्यान्डद्वारा श्रीलंकालाई चुनौतिपूर्ण लक्ष्य

टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको समुह ‘१’ को खेलमा इंग्ल्यान्ड र श्रीलंका प्रतिस्पर्धा गरिरहेका छन्। शारजाह स्टेडियममा टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रन बनाउदै श्रीलंकालाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इंग्ल्यान्डको ब्याटिंगमा जोस बटलरले सर्वाधिक करियरकै पहिलो र जारि विश्वकपको एक मात्र शतक बनाउने क्रममा अविजित १०१ रन बनाए। ६७ बलमा बटलरले ६ चौका र ६ छक्का प्रहार गरे। इनिंग्सको अन्तिम बलमा छक्का प्रहार गर्दै उनले शतक पुरा गरे। टि-२० विश्वकप इतिहासमा शतक बनाउने बटलर दोश्रो इंग्ल्यान्ड क्रिकेटर हुन्। यस अघि सन् २०१४ मा एलेक्स हेल्सले श्रीलंका बिरुद्ध ११६ रन बनाएका थिए। बटलरले अघिल्लो खेलमा अस्ट्रेलिया बिरुद्ध पनि ७१ रन बनाएका थिए। यस्तै कप्तान ओएन मोर्गनले ३६ बलमा १ चौका र ३ छक्का मद्दतले ४० रन बनाए।

खराब सुरुवात गरेको इंग्ल्यान्डले पावरप्लेको ६ ओभरमा ३६ रन बनाउदा ३ विकेट गुमाएको थियो। त्यसपछि ओपनर बटलर र कप्तान ओएन मोर्गनले विकेट जोगाएर ब्याटिंग गर्दै मात्र ७८ बलमा ११२ रनको साझेदारी गरे। उन्नाईसौं ओभरमा साझेदारी तोड्ने क्रममा मोर्गनलाई हसरंगाले बोल्ड गरे। अन्तिम ओभरमा ९५ रनको स्कोरमा बटलरको क्याच निसंकाले छुटाउन पुग्दा बटलरले शतक बनाउन सके। इनिंग्सको अन्तिम ५ ओभरमा इंग्ल्यान्डले १ विकेट गुमाएर ५८ रन बनाए। श्रीलंकाका बलर वानिन्दु हसरंगाले तिन विकेट ( ३-०-२१-३३ ) लिए।

समुह ‘१’ अंकतालिकामा इंग्ल्यान्ड तिनवटै खेलमा जितको साथ ६ अंक सहित शिर्ष स्थानमा छ। ३ खेलमा १ जित र २ हार बेहोरेको श्रीलंका चौंथो स्थानमा छ। ४/४ अंक सहित दक्षिण अफ्रीका र अस्ट्रेलिया दोश्रो र तेश्रो स्थानमा छ। २ अंक रहेको वेस्टइन्डिज पाँचौ तथा अंकविहिन बंगलादेश छैठौं स्थानमा छ। समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy