इतिहासमै पहिलो पटक भारतीय खेलाडी बिग ब्यास लिगमा अनुबन्धित

२०७८ कार्तिक १८, बिहीबार १२:३२

उन्मुक्त चन्द अस्ट्रेलियाको बिग ब्यास लिगमा अनुबन्धित हुने पहिलो भारतीय क्रिकेटर बनेका छन्। चन्दलाई मेलबर्न रेनेगेड्सले आगामी सिजनको लागि अनुबन्धित गरेको हो।

अमेरिकी राष्ट्रिय टिमको लागि खेल्न चन्दले यसै वर्ष भारतीय क्रिकेटबाट रिटायरमेन्ट लिएका थिए। त्यसैकारण उनको बिग ब्यास लगायत अन्य भारत बाहिरको लिग खेल्ने बाटो खुलेको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) ले आफूसंग अनुबन्धित खेलाडीहरुलाई आफ्नो मान्यता विना देश बाहिरको लिग खेल्न दिने गरेको छैन।

“इमान्दार भएर भन्छु यो सहज थिएन। म आफ्नो देशको लागि खेल्ने छैन जुन तथ्य स्वीकार गर्न गार्हो छ।” चन्दले बताए- “तर मलाई अमेरिकामा खेल्न रमाइरहेको छु जहाँ कुराहरु दिन प्रतिदिन राम्रो हुँदैछ। र अब म विश्वभर लिग खेल्न सक्छु जुन व्यक्तिगत रुपमा मेरो लागि ठूलो अवसर हो। बिग ब्यास विश्वभरको खेलाडीको लागि यो राम्रो मंच हो र म सधैं त्यहाँ खेल्न चाहन्थे। मलाई अस्ट्रेलियामा खेल्न मन पर्छ। म मेलबर्न नपुगे पनि यो थाहा छ कि त्यहाँ धेरै भारतीयहरु छन् र आशावादी छु कि खेल हेर्न ठूलो संख्यामा आउनेछन्।”

२८ वर्षीय खेलाडीले सन् २०१२ को अन्डर-१९ विश्वकप भारतले जित्दा टिमको नेतृत्व गरेका थिए। त्यसपछि उनले भारतीय ‘ए’ टिमको साथै आईपीएलमा दिल्ली डेयरडेभिल्स, मुम्बई इन्डीयन्स र राजस्थान रोयल्सको पनि प्रतिनिधित्व गरे।


“चन्द अनुभवी खेलाडी हुन् जसले तिन वटा आईपीएल टिम, भारतको ‘ए’ टिम तथा यु-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्। एउटा ब्याट्सम्यानको रुपमा उनि प्रतिभावान छन् र खेल परिवर्तन गर्न सक्छन्। उनले लामो समय माथिल्लो क्रममा ब्याटिंग गरेका छन् र हामीलाई विश्वास छ उनले हामीलाई आवस्यक भूमिकामा न्याय दिनेछन्।”मेलबर्न रेनेगेड्सका प्रशिक्षक डेभिड सकेरले बताए।

बिग ब्यास लिगको आगामी संस्करण डिसेम्बर ५ तारिख देखि सुरु हुँदैछ जसमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने होबार्टहरिकेन्सको प्रतिनिधित्व गर्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy