मलिकको कीर्तिमानी छिटो अर्धशतक, पाकिस्तानद्वारा स्कटल्याण्डलाई १९० रनको लक्ष्य

२०७८ कार्तिक २१, आईतवार २१:३३

शोयब मलिक र कप्तान बाबर आजमले अर्धशतक बनाउदा टि-२० विश्वकप अन्तर्गत सुपर-१२ चरणको आफ्नो अन्तिम खेलमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले स्कटल्याण्डलाई चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। पाकिस्तानले २० ओभरमा ४ विकेट क्षेतीमा १८९ रन बनाएको हो।

पाकिस्तानको ब्याटिंगमा कप्तान बाबर आजमले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ४७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै शोयब मलिकले विस्फोटक ब्याटिंग गर्दै मात्र १८ बलमा ६ छक्का र १ चौका मद्दतले अविजित ५४ रन बनाए। मोहम्मद हफिजले ३१ तथा मोहम्मद रिजवानले १५ रन बनाए। स्कटल्याण्ड बलर क्रिस ग्रिभ्सले २ विकेट तथा हम्जा ताहिर र सफ्यान सरिफले समान एक विकेट लिए।

विस्फोटक ब्याटिंग गरेका ३९ वर्षीय शोयब मलिकले इनिंग्सको अन्तिम बलमा क्रिस ग्रिभ्सलाई छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। १८ बलको शतक टि-२० विश्वकप इतिहासकै संयुक्त रुपमा तेश्रो छिटो तथा टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तान ब्याट्सम्यानको सबैभन्दा छिटो अर्धशतक हो। यस अघि पाकिस्तान ब्याट्सम्यानको छिटो अर्धशतक २१ बलको थियो जसले २०१० मा अस्ट्रेलिया बिरुद्ध उक्त रेकर्ड बनाएका थिए। ग्लेन म्याक्सवेलले २०१८ मा तथा केएल राहुलले जारी विश्वकपमा समान १८ बलमा अर्धशतक बनाएका थिए। सबैभन्दा छिटो युबराज सिंहले २००७ मा इंग्ल्यान्ड बिरुद्ध १२ बलमा तथा स्टेफेन माइबर्गले दोश्रो छिटो २०१४ मा आयरल्याण्ड बिरुद्ध १७ बलमा अर्धशतक बनाएका थिए।

जारि खेल जितेर नेट रन रेटमा न्युजिल्यान्डलाई पछि पारेको खण्डमा पाकिस्तान समुह ‘२’ को विजेताको रुपमा सेमीफाइनल पुग्न सक्नेछ। ५ खेल खेलीसकेको न्युजिल्यान्डको पनि समान ८ अंक छ भने नेट रन रेट +१.१६२ रहेको छ भने पाकिस्तानको नेट रन रेट १.०६५ छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy