T20WC : सेमीफाइनल अघि इंग्ल्यान्डलाई झट्का, जेसन रोय प्रतियोगिताबाटै बाहिर

२०७८ कार्तिक २२, सोमबार २१:३३

इंग्ल्यान्ड क्रिकेट टिमलाई न्युजिल्यान्डसंग खेलिने टि-२० विश्वकपको सेमीफाइनल अघि ठूलो झट्का लागेको छ। उसका विस्फोटक ओपनर जेसन रोय प्रतियोगिताबाट बाहिर भएका छन्।

रोयलाई शारजाहमा सुपर -१२ चरणको अन्तिम खेलमा दक्षिण अफ्रीका बिरुद्ध खेलमा खुट्टाको जोर्नीमा चोट लागेको थियो। जेम्स भिन्सले बाँकी खेलमा रोयको ठाउँ लिनेछन्।

“म विश्वकपबाट बाहिर हुँदा दुखि छु जुन कुरा पचाउन मलाई पक्कै गार्हो छ। म साथीहरुको समर्थनमा यही हुनेछु र आशा गर्छु कि ट्रफी उठाउनेछु। हालसम्म टिमको यात्रा अविश्वसनीय छ र हाम्रो अझै राम्रो खेल्नेमा ध्यान केन्द्रित छ।” रोयले बताए।

रोयले जारी विश्वकपमा ५ खेलमा ३०.७५ को औशत र १३८.२ को स्ट्राइक रेटले १ अर्धशतक प्रहार गर्दै १२३ रन बनाएका थिए। उनले बंगलादेशसंग ६१ रन बनाएका थिए। उनको प्रतिस्थापनमा आएका जेम्स भिन्सले १२ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका छन् जुन क्रममा २८.३३ को औशतले ३४० रन बनाएका छन्। उनि २०१९ एकदिवसीय विश्वकपमा खेलेका थिए जुन दौरान पनि जेसन रोय घाइते हुँदा उनले मौका पाएका थिए।

टि-२० विश्वकपको सेमीफाइनलमा इंग्ल्यान्डले नोभेम्बर १० तारिखमा न्युजिल्यान्डसंग अबुधाबीमा प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्ड सुपर-१२ चरणमा समुह १ को विजेताको रुपमा सेमीफाइनल पुगेको हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy