प्यूठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

प्यूठान – तेजबहादुर पुनको अध्यक्षतामा प्यूठानमा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । मंगलबार प्यूठानको जुम्रीमा एक कार्यक्रमकाबीच तेजबहादुर पुनको अध्क्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति निर्विरोध रुपमा गठन भएको छ ।

मंगलबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन भएको थियो । निर्विरोध रुपमा गठन भएको समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाअध्क्षमामा आशिष श्रेष्ठ छन् । त्यस्तै सदस्यहरुमा महेन्द्र वि.क., उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, अमित थापा मगर र हुकुम परियार छन् । दुई दशक देखि सक्रिय रुपमा प्यूठानमा क्रिकेट प्रतियोगिता भएपनि संघ नहुँदा जिल्लामै सिमित भएको थियो ।

योसँगै प्यूठानलाई नेपाल किकेट संघ(क्यान)को जिल्ला सदस्यता पाउनको लागि बाटो खुलेको छ । प्यूठानमा ७ गाउँपालिका र २ नगरपालिका रहेका छन् । सबै स्थायिनतहमा क्रिकेट सक्रिय रुपमा रहँदै आएका छन् । गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश खेलाडी छनोट प्रतियोगिता खेल्न प्यूठानले दाङसँग तीन मैत्रीपूर्ण सिरिज खेलेको थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]