T20WC : पहिलो सेमीफाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

टि-२० विश्वकप २०२१ को पहिलो सेमीफाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ७:४५ बजे राति युएईको शेख जायद स्टेडियम, अबुधाबीमा हुनेछ।

इंग्ल्यान्ड सुपर-१२ चरणमा समुह ‘१’ को विजेताको रुपमा तथा न्युजिल्यान्ड समुह ‘२’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। दक्षिण अफ्रीकासंग अन्तिम खेलमा १० रनको हार बाहेक इंग्ल्यान्डले सुरुवाती ४ खेलमा जित दर्ता गर्ने क्रममा वेस्टइन्डिजलाई ६ विकेटले, बंगलादेशलाई ८ विकेटले, अस्ट्रेलियालाई ८ विकेटले तथा श्रीलंकालाई २६ रनले पराजित गरेको थियो।

अर्कोतर्फ न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसंग ५ विकेटले पराजित भएपछि लगातार ४ जित दर्ता गर्ने क्रममा भारतलाई ८ विकेटले, स्कटल्याण्डलाई १६ रनले, नामिबियालाई ५२ रनले तथा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो।

हेड टु हेड: इंग्ल्यान्ड र न्युजिल्यान्ड बीच टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २१ पटक प्रतिस्पर्धा भएको छ जसमध्ये १३ खेलमा इंग्ल्यान्ड तथा ७ खेलमा न्युजिल्यान्ड विजयी भएको छ। टि-२० विश्वकपको कुरा गर्दा दुई टिम बीच भएको ५ भेटमा ३ पटक इंग्ल्यान्ड तथा २ पटक न्युजिल्यान्ड विजयी भएका छन्। अन्तिम पटक टि-२० विश्वकप २०१६ मा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको थियो। दुई टिम बीच खेलिएका अन्तिम ५ टि-२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्ड ३ पटक र न्युजिल्यान्ड २ पटक विजयी भएका थिए।

इंग्ल्यान्ड टिमका ब्याट्सम्यानहरु राम्रो लयमा छन्। जोस बटलर र जेसन रोयले शानदार सुरुवात दिलाएका छन् भने डेविड मलान, जोनी बेयरस्टो, ओएन मोर्गन, लियाम लिभिंगस्टोन र मोईन अलिले जिम्मेवारीपूर्वक ब्याटिंग गरिरहेका छन्। जेसन रोय घाइते भएर प्रतियोगताबाट बाहिर हुँदा इंग्ल्यान्डलाई नोक्सान पक्कै हुनेछ जसको स्थानमा बेयरस्टोले ओपनिंग गर्न सक्छन्। बलिंगको कुरा गर्दा क्रिस वोक्स, क्रिस जोर्डन र मार्क वुड फास्ट बलिंगमा तथा स्पिनमा आदील रशिद र मोईन अलिले राम्रो लय देखाएका छन्।

इंग्ल्यान्डको सम्भावित ११ : जोस बटलर ( विकेटकिपर ), जोनी बेयरस्टो, डेविड मलान, मोईन अलि, ओएन मोर्गन ( कप्तान ) , लियाम लिभिंगस्टोन, स्याम बिलिंग्स, क्रिस वोक्स, क्रिस जोर्डन, मार्क वुड, आदील रशिद

न्युजिल्यान्डका कप्तान विलियमसनलाई टिममा परिवर्तन गर्नुपर्ने आवस्यकता छैन। मार्टिन गप्टिल र डेरेल मिचेल ओपनिंगमा राम्रो लयमा छन्। मध्यक्रममा कप्तान विलियमसन, डेभोन कनवे, ग्लेन फिलिप्स र जेम्स निशम भरपर्दो प्रदर्शन गरिरहेका छन्। फास्ट बलर ट्रेन्ट बोल्ट र टिम साउदी तथा स्पिनमा इश सोढी शानदार लयमा हुँदा इंग्ल्यान्ड ब्याट्सम्यानलाई पक्कै सहज हुने छैन।

न्युजिल्यान्डको सम्भावित ११ : मार्टिन गप्टिल, डेरेल मिचेल, डेभोन कनवे ( विकेटकिपर ), केन विलियमसन ( कप्तान ), जेम्स निशम, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर, टिम साउदी, एडम मिल्ने, ट्रेन्ट बोल्ट, इश सोढी





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]