रिजवानको नयाँ विश्वकीर्तिमान

२०७८ कार्तिक २५, बिहीबार २१:४०

पाकिस्तान ब्याट्सम्यान मोहम्मद रिजवान टि-२० अन्तर्राष्ट्रियको एकै क्यालेन्डर वर्षमा एक हजार रन बनाउने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन्।

टि-२० विश्वकप अन्तर्गत जारि दोश्रो सेमीफाइनलमा अस्ट्रेलियासंग अर्धशतक बनाउने क्रममा रिजवानले विश्वकीर्तिमान बनाएका हुन्। एडम जाम्पाले गरेको बाह्रौं ओभरमा छक्का प्रहार गर्दै उनले एक हजार रन पुरा गरे।

यो वर्ष २३ औं खेल खेल्ने क्रममा उनले २० इनिंग्समा ब्याटिंग गर्दै यो कीर्तिमान बनाएका हुन्। खेलमा ६७ रन बनाएका रिजवानले २३ खेलमा एक शतक र १० अर्धशतक मद्दतले ८६.०८ को औशत र १३६.४५ को स्ट्राइक रेटले १,०३३ रन बनाएका छन्। जारि विश्वकपमा मात्रै उनले ६ खेलमा ३ अर्धशतक प्रहार गर्दै २८१ रन बनाइसकेका छन्।

रिजवान पछि पाकिस्तान कप्तान बाबर आजम एकै क्यालेन्डर वर्षमा ( टि-२० अन्तर्राष्ट्रिय ) दोश्रो सर्वाधिक रनकर्ता हुन्। आजमले २३ खेलमा १ शतक र ८ अर्धशतक प्रहार गर्दै यो वर्ष कुल ८२६ रन बनाएका छन्। तेश्रो सर्वाधिक आयरल्याण्डका पल स्टरलिंगले २०१९ मा ७४८ रन बनाएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy