सेमीफाइनलमा हारपछि पाकिस्तान कप्तान आजमले के भने

२०७८ कार्तिक २६, शुक्रबार ००:०९

टि-२० विश्वकप २०२१ को सेमीफाइनलमा अस्ट्रेलियासंग पराजित भएपछि पाकिस्तान कप्तान बाबर आजमले महत्वपूर्ण समयमा क्याच छुट्नुले खेल गुमाउन पुगेको बताएका छन्। दोश्रो पटक टि-२० विश्वकप फाइनल पुग्ने क्रममा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर भेटायो।

खेलपछि प्रतिक्रिया दिंदै आजमले पहिलो इनिंग्समा पर्याप्त रन बनाएता पनि दोश्रो इनिंग्सको अन्त्यमा गरेको गल्तिको कारण पराजय बेहोरेको बताए –

“हामीले पहिलो इनिंग्समा योजना गरेको अनुसार रन बनाउन सक्यौं तर लक्ष्य पछ्याउने क्रममा हामीले अन्तिममा उनीहरुलाई धेरै मौका दियौं।”

जित्न १० बलमा २० रन आवस्यक हुँदा शाहिन अफ्रिकीको बलमा क्रिजमा जमीसकेका म्याथु वेडको क्याच हसन अलिले छुटाउन पुग्दा उनी वेडले टसपछि लगातार ३ छक्का प्रहार गर्दै अस्ट्रेलियालाई खेल जिताएका थिए। आजमले सो क्याचले खेलनै परिवर्तन गरेको बताए –

“यदी तपाई त्यस्तो मौका दिनु हुन्छ भने तपाईले त्यसको मुल्य चुकाउनु पर्छ। त्यो क्याच छुट्नुले खेल बदल्यो। त्यो क्याच लिएको भए परिस्थिति फरक हुन सक्थ्यो। तपाई प्रतियोगिताभर राम्रो खेल्नु हुन्छ र तपाईको सानो गल्तिले अन्तिममा खेल गुमाउनु पर्छ।”

उनले प्रतियोगितामा गरेको प्रदर्शनबाट कप्तानको रुपमा सन्तुष्ट रहेको बताए –  “जसरि हामीले यो प्रतियोगितामा प्रदर्शन गर्यौं म कप्तानको रुपमा खुसि छु। आशा गर्छु यो प्रतियोगिताबाट सिकेको कुरा अर्को प्रतियोगितामा लागु गर्नेछौँ।”

“हामीले प्रत्येक खेलाडीलाई भूमिका दिएका थियौं जसमा उनीहरु उभिएर देखाए। एउटा टिमको रुपमा हामीले धेरै सिक्यौं। त्यसले गर्दा हामीलाई धेरै आत्मविश्वास दिएको छ र हामि यही शैलीमा खेल निरन्तरता दिने छौँ।”

सुपर-१२ चरणमा ५ वटै खेल जित्दै सेमीफाइनल पुगेको पाकिस्तानलाई प्रतियोगिताको पहिलो हार चखाउदै अस्ट्रेलियाले आइतबार हुने फाइनलमा न्युजिल्यान्डसंगको भेट पक्का गरेको छ। दुवै टिमले हालसम्म टि-२० विश्वकप जित्न सकेका छैनन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy