विलियमसंगले भारतसंग टि-२० सिरिज नखेल्ने, साउदीले कप्तानी गर्ने

न्युजिल्यान्ड कप्तान केन विलियमसनले भारत बिरुद्ध आगामी टि-२० अन्तर्राष्ट्रिय सिरिजबाट नाम फिर्ता लिएका छन्।

न्युजिल्यान्डले भारत भ्रमण अन्तर्गत नोभेम्बर १७ तारिख बुधबार देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्दैछ। त्यसपछि नोभेम्बर २५ तारिख देखि दुई वटा टेस्टको सिरिज खेलिनेछ।

विलियमसन नखेल्ने भएपछि टि-२० विश्वकपको उपविजेता टिम न्युजिल्यान्डको कप्तानी फास्ट बलर टिम साउदीले गर्ने छन्। सिरिज खेल्न न्युजिल्यान्ड सोमबार भारतको जयपुर पुगीसकेको छ। दोश्रो टि-२० नोभेम्बर १९ मा राँचीमा तथा तेश्रो टि-२० नोभेम्बर २१ तारिखमा कोलकातामा खेलिनेछ। टेस्ट सिरिजको पहिलो खेल कानपुरमा नोभेम्बर २५ देखि तथा दोश्रो खेल मुम्बईमा डिसेम्बर ३ देखि सुरु हुनेछ।

टि-२० सिरिज नखेल्ने विलियमसन टेस्ट सिरिजमा भने टिमको कप्तानी गर्नेछन्। न्युजिल्यान्डको टेस्ट विशेष खेलाडीहरुको समुहले जयपुरमा अभ्यास सुरु गरिसकेको छ। विलियमसनले टेस्टमा आफ्नो ध्यान केन्द्रित गर्न चाहेका हुन्।

न्युजिल्यान्ड क्रिकेटले कायल जेमीसन, डेरेल मिचेल, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर पनि दुवै सिरिजको लागि उपलब्ध हुने बताएको छ। टि-२० विश्वकपको दौरान घाइते लकी फर्गुसनले पनि टि-२० सिरिजको दौरान उपलब्ध हुने बताईएको छ।

टि-२० सिरिजमा भारतको कप्तानी रोहित शर्माले गर्दैछन् भने पहिलो पटक भारतीय टिम राहुल द्रविडको मुख्य प्रशिक्षणमा खेल्नेछ। बिराट कोहलीले टि-२० सिरिज खेल्नेछैन् भने टेस्ट सिरिजको पनि दोश्रो टेस्ट मात्र खेल्नेछन्। कोहलीको अनुपस्थितिमा पहिलो टेस्टको कप्तानी अजिंके रहानेले गर्नेछन्।

न्युजिल्यान्ड टि-२० सिरिजको लागि घोषित भारतीय टिम 

टि-२० टिम : रोहित शर्मा ( कप्तान ) , केएल राहुल, रुतुराज गायकवाड, श्रेयस ऐयर, सुर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , भेंकटेस ऐयर, युजभेन्द्र चाहल, रभीचन्द्रन आश्विन, अक्षर पटेल, आभेस खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज

टेस्ट टिम : रोहित शर्मा ( कप्तान ) , केएल राहुल, रुतुराज गायकवाड, श्रेयस ऐयर, सुर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , इशान किशन ( विकेटकिपर ) , भेंकटेस ऐयर, युजभेन्द्र चाहल, रभीचन्द्रन आश्विन, अक्षर पटेल, आभेस खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल र मोहम्मद सिराज





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]